२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

घण्टीमाई साकोसको ११ औँ वार्षिक सभा: करिब १८ करोडको कारोबार

२०८० आश्विन १३, शनिबार मा प्रकाशित ( साल अघि) ४७३ पाठक संख्या

सीता अधिकारी
सिमरा, १३ असोजः बारा जिल्लाको जीतपुरसिमरास्थित औराहामा रहेको घण्टीमाई साकोसको ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार साकोसको प्रांगणमा वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
एक हजार १ सय शेयर सदस्य रहेको सहकारी संस्थाको एक सय २ वटा लघुवित्त समूह रहेको छ । यस वर्ष संस्थाले करिब १८ करोडको कारोबार गरेको र ६० लाख ३७ हजार नाफा कमाउन सफल भएको संस्थाका अध्यक्ष कोपिला सिंखडाले बताउनुभयो ।

उद्घाटन कार्यक्रम

1696073083809

राष्ट्रिय सहकारी महासँघका सञ्चालक टेकप्रसाद चौलागाईँले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको कार्यक्रममा मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरी, मधेश प्रदेश सभाका पूर्व सांसद सुन्दर विश्वकर्मा, नेफ्स्कुनका सञ्चालक हरेराम प्रसाद, बारा जिल्ला बचत सँघका अध्यक्ष सतेन्द्र ठाकुर, सञ्चारकर्मी विदुर खड्का, लघुवित्त तथा सहकारी विज्ञ प्रकाश पाण्डेलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका पूर्व उपप्रमुख सरस्वतीदेवी चौधरी, सिमरा महिला साकोसका अध्यक्ष अनिता लम्साल, हातेमालो साकोसका सञ्चालक क्षमादेवी अधिकारी, औराहा पशुपालन सहकारी संस्थाका उपाध्यक्ष रमेशप्रसाद खरेल, औराहा उपभोक्ता सहकारी सँस्थाका अध्यक्ष पूर्णचन्द्र तिमल्सेना, प्रगतिशील सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुमारनाथ त्रिपाठी, कार्यक्रममा अन्य सहकारी तथा सघसंस्थाका प्रतिनिधि, संस्थाका लेखा संयोजक साथै सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संञ्चालन संस्थाका सचिव भवन खड्काले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष थानेश्वर पौडेलले गर्नुभएको थियो
स्थापनाताका साकोसले एउटा कोठा भाडामा लिई २ जना कर्मचारीबाट कारोबार सुरुवात गरेको भएपनि अहिले आफ्नै दुई तले भवन निर्माण गरी कार्यालय सेवा र कारोबार सुरु गरेको छ ।

विभिन्न विधामा सम्मान

संस्थाले आफ्नो एघारौँ वार्षिक साधारण सभाको अवसरमा विभिन्न क्षेक्रका व्यत्तिहरुलाई विभिन्न विधामा सम्मान गरेको छ । शिक्षातर्फ एसइइमा उत्कृष्ट अंक ल्याउने नेरामावि औराहाका इशान खरेल र नेरा नमुना माविकी छात्रा रुचिकुमारी रौनियार थापालाई सम्मान तथा प्रशंसा पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा जेष्ठ सेयर सदस्य लक्ष्मी पाठक र चिनबहादुर थापा सम्मान गरिएको थियो ।

1696072312121

1696072277183
त्यसैगरी उत्कृष्ट ऋणी अम्व्या सोविन, माग वचतकर्ता बिनोद सापकोटा, नियमित कारोबारकर्ता पदमप्रसाद भट्ट, संस्थाका उत्कृष्ट कर्मचारी मेनुका हुमागाईँलाई सम्मानित गरिएको थियो । उत्कृष्ट बाल बचततर्फ गीसा शाहलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि ,अतिथिलगायतलाई मायाको चिनो प्रदान गरिएको थियो ।

घण्टीमाई सहकारी पत्रकारिता पुरस्कार यादव र  खरेललाई
साकोसले यस वर्षको घण्टीमाई सहकारी पत्रकारिता पुरस्कार २०८० बाट रञ्जन यादव र लक्ष्मी खरेललाई प्रदान गरेको छ । समुदाय, सामाजिक गतिविधि र सहकारीसम्बन्धी समाचार सम्प्रेशण गरेको भन्दै सञ्चारकर्मीद्वयलाई यस वर्षको घण्टीमाई सहकारी पत्रकारिता पुरस्कार २०८० बाट पुरस्कृत गरिएको हो ।

1696072330777

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु