२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

घण्टीमाई साकोसका नवनिर्वाचित पदाधिकारीले लिए पद तथा गोपनियताको सपथ

२०८० आश्विन २०, शनिबार मा प्रकाशित ( साल अघि) ३४४ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २० असोजः घण्टीमाई साकोसका नवनिर्वाचित पदाधिकारीहरुले शनिवार पद तथा गोपनियताको सपथ लिएका छन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिका ४ स्थित घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाको ११ औँ साधारण सभा तथा अधिवेशनबाट निर्विरोध निर्वाचित कार्यसमिति पदाधिकारीहरुलाई निर्वाचन अधिकृत डम्बर खड्काले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको हो ।

1696658522985
सपथ ग्रहण कार्यक्रमको उद्घाटन बारा क्षेत्र नं ४ प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किशानले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा मधेश प्रदेशका पूर्व साँसद सुन्दर विश्वकर्मा, जीतपुरसिमरा उपमहानगरपालिकाका पूर्व उपप्रमुख सरस्वतीदेवी चौधरी, जीतपुरसिमरा उपमहानगरपालिका सहकार िविभाग प्रमुख सुधन चौधरी लगायतले नवनिर्वाचित पदाधिकारीहरुको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

1696658574478
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका पदाधिकारी, साकोसका सदस्य तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
निर्वाचित कार्यसमितिको अध्यक्ष कोपिला सिंखडा, उपाध्यक्षमा भुवप्रसाद ढकाल, सचिवमा क्रिलोक वित्रम शाह, सहसचिव सुकदेव सिंखडा, कोषाध्यक्षमा कमल पौडेल, सदस्यहरुमा तोयनाथ लुइटेल, माधवप्रसाद सापकोटा, रुद्रप्रसाद खतिवडा, प्रेमकुमारी ढकाल, सुशिला खनाल अधिकारी, सुधा ओली, पुनम कुमारी चौधरी र निल सिग्देल खड्का निर्विरोध निर्वाचित हुनुभएको थियो ।
यसैगरी लेखा सुपरीवेक्षण समितिका संयोजकमा नवराज न्यौपाने, सदस्यहरुमा सविता तिवारी र जानुका भण्डारी निर्वाचित हुनु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु