२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

हातेमालो साकोसको १६औं वार्षिक सभा सम्पन्न, ६६ करोडको कारोबार

२०८० आश्विन २०, शनिबार मा प्रकाशित ( साल अघि) ३९० पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २० असोजः हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं वार्षिक साधारण शनिवार सम्पन्न भएको छ । सिमरास्थित थानीमाई वन उपभोक्ता समितिमा आयोजित साधारण सभाको उद्घाटन प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसानले गर्नुभएको थियो ।
करिब ४ हजार सेयर सदस्य रहेको संस्थाले अहिले ६६ करोड रुपियाँको कारोबार गरेको संस्थाका अध्यक्ष यज्ञ बहादुर आलेले बताउनुभयो ।

1696674020543

उद्घाटन कार्यक्रममा निवर्तमान मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरी, प्रदेश सभाका पूर्व सदस्य सुन्दर विश्वकर्मा, सीता गुरुङ, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, पूर्व प्रमुख कृष्ण पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का केन्द्रीय संचालक हरेराम पटेल, नगर उद्योग वाणिज्य सँघका अध्यक्ष मोहन शर्मालगायतले मन्तव्य राख्नुभएको थियो । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ का वडाध्यक्ष ताराबहादुर कार्की, वडा नं १६ का वडाध्यक्ष हरिदेव खरेल, नेकपा एमालेका प्रदेश सदस्य मनोज पौडेल, नेपाली काँग्रेसका नगर समिति सभापति छवी शर्मा, नेकपा माओवादीका नगर अधयक्ष प्रेम बराल, जनकल्याण सकोसका अध्यक्ष कमला घिमिरे, सिमरा महिला साकोसका काोषध्यक्ष गीता शर्मालगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, सहकारी क्षेत्रका प्रतिनिधि, शेयर सदस्यको उपस्थिती रहेको थियो ।

1696674180834
कार्यक्रमको सहजीकरण संस्थाका सचिव दीपक भट्टले गर्नुभएको थियो भने बरिष्ठ उपाध्यक्ष संजय साहले स्वागत मन्तब्य रार्ख्नुभएको थियो । उद्घाटन सक्रको कार्यक्रममा विभिन्न विद्यालयका छात्रछात्राको सांगीतिक प्रस्तुतीसमेत रहेको थियो ।1696674050141

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु