२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

सप्तरङ्गी साकोसको १२ औँ वार्षिक सभाः सर्वसम्मत कार्यसमिति, अध्यक्षमा शोभा केसी

२०८० आश्विन २७, शनिबार मा प्रकाशित ( साल अघि) ३७९ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २७ असोजः बाराको रजघट्टामा रहेको सफल र नमूना सहकारी संस्था सप्तरङ्गी बचत तथा ऋृण सहकारीको १२ औं वार्षिक साधारणसभाले शोभा केसीको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको छ । शनिबार भएको साधारणसभा तथा अधिवेशनबाट सञ्चालक समितसहित लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन भएको हो ।
कार्य समितिको उपाध्यक्षमा शिवशंकर चौधरी, सचिव अनिल चौधरी , कोषाध्यक्ष बिदुर खड्का, सदस्यहरुमा राजेन्द्रप्रसाद भट्टराई, कृष्णप्रसाद पुडासैनी, लक्ष्मी मैनाली, मनोज न्यौपाने र बाबुराम वाग्ले रहनुभएको छ । यस्तै लेखा समिति संयोजकमा लवप्रसाद थपलिया, सदस्यहरुमा सुनिल बराल र सुष्मा कुमारी पोखरेल निर्वाचित हुनुभएको निर्वाचन मण्डलले जानकारी दिएको छ ।
निर्वाचित पदाधिकारीलाई निर्वाचन समिति संयोजक भवन खड्काले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो ।
उद्घाटन सत्र
बाराको रजघट्टामा रहेको सप्तरंगी बचत तथा ऋण सहकारी संस्थाको १२ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलको प्रमुख आतिथ्यतामा साकोसले वार्षिक साधारण सभा सम्पन्न गरेको हो । एकहजार ४ सय ३५ महिला र १ हजार ५ सय १३ पुरुष गरी २ हजार ९ सय ४९ शेयर सदस्य रहेको सहकारीले यस वर्ष ३९ लाख २० हजार ७ सय २१ रुपियाँ खुद नाफा गरेको अध्यक्ष राजुप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

1697288071726
कार्यक्रममा सप्तरंगी समाज सेवा पुरस्कार, दैनिक वचतकर्ता, उत्कृष्ट कारोबार कर्ता, जेष्ठ नागरिक, उत्कृष्ट वचतकर्ता,लगायतलाई सम्मान पत्र र दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।कार्यक्रममा संविधान सभा सदस्य जयराम दाहाल, बारा जिल्ला बचत तथा ऋण सहकारी सँघका अध्यक्ष सतेन्द्र ठाकुर, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १५ का वडाध्यक्ष रामप्रसाद लामिछाने, घण्टीमाई साकोसका अध्यक्ष कोपिला सिंखडालगायतको उपस्थिति रहेको थियो । संस्थाका सचिव रामबहादुर चौधरीले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका उपाध्यक्ष शोभा के सीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु