२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

अन्तराष्ट्रिय स्क्रयाबल प्रतियोगिताका लागि २० खेलाडी छनोट, बाराबाट ४ जना छानिए

२०८० कार्तिक १८, शनिबार मा प्रकाशित ( महिना अघि) ५१८ पाठक संख्या

सीता अधिकारी
सिमरा, १८ कात्तिकः विभिन्न जिल्लाका २० खेलाडी छनोट गर्दै नवौँ स्क्रयाबल प्रतियोगिता बाराको सिमरामा सम्पन्न भएको छ । आगामी माघ ५ र ६ गते काठमाडौँमा हुने अन्तराष्ट्रिय स्क्रयाबल प्रतियोगिताका लागि २० खेलाडी छनौट गर्दै नवौँ राष्ट्रिय स्क्रयाबल प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियागितामा २१ जिल्लाका १ सय २० जना विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । प्रतियागिताबाट छनौट भएका २० खेलाडीमध्ये सबै राउण्ड (६ वटै राउण्ड) बाट अंकित बिक राट्रिय बिजेता बन्न सफल भएका छन् भने उपविजेता सिमरन अधिकारीले बेष्ट लेडी अर्वाड हात पारिन् । त्यसैगरी प्रतियोगितामा योगेश भारतीले तृतीय स्थान हासिल गरे भने चितवन जिल्लाको अंकुरम एकेडेमीका निराजन पौडेल योंगेष्ट प्लेयर ( सबैभन्दा कम उमेर)का खेलाडी घोषित भए ।
बाराका ४ विद्यार्थी छनोट
प्रतियोगिताबाट बारा जिल्लाका ४ विद्यार्थी अन्तराष्ट्रिय स्क्रयाबल खेलका लागि छनौट भएका छन् । जसमा प्रोग्रेस एजुकेशन एकेडेमीका योगेश भारती र अभय भारती, ब्राइटर एकेडेमीका आशा अधिकारी र राष्ट्रिय विभूतिका सहिफ अन्सारी रहेका बारा जिल्ला संयोजक भोजराज सुवेदीले जानकारी दिनुभयो ।

औपचारिक कार्यक्रम

बाराको जीतपुरसिमरा उपमहानगरपालिकास्थित लोटस एकेडेमी प्रांगणमा आयोजित प्रतियोगितामा विजेता खेलाडीहरुलाई उपमहानगरका प्रमुख राजन पौडेलले मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । लोटस एकेडेमीका संस्थापक एवं प्रधानाध्यापक रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्क्रयाबल क्लबका केन्द्रीय अध्यक्ष केशवप्रसाद पराजुली लगायत विभिन्न जिल्लाका संयोजक, सहयोगी संस्था, स्थानीय सहयोगी हातहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमको संचालन लोटस एकेडेमीका शिक्षक रामप्रसाद पोखरेलले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु