२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

सबै घेराबन्दी तोडन तयार रहेको पूर्वमन्त्री पौडेलको भनाइ

२०८० मंसिर १, शुक्रबार मा प्रकाशित ( महिना अघि) ४२७ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, १ मंसिरः छठ पर्वको अवसर पारेर नेकपा एमाले सुबर्ण गाउँपालिका वडा नम्बर ६ द्वारा बाराको प्रसुरामपुर बजारमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको छ । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेलको फ्रमुख आथित्यतामा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यत्रममा बोल्दै पूर्वमन्त्री पौडेलले छठ पर्वको महत्व अझ बढ्दै गरेको बताउनुभयो । उहाँले छठ पर्व सबै जातजाति,धर्म र समुदायले मान्दै आएको बताउनुभयो । एक अर्को प्रसङमा पूर्वमन्त्री पौडेलले नेकपा एमाले वृद्धवृद्धा र किसान मजदुरको पक्षमा काम गर्ने पार्टी भएको दाबी गर्नुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्यहरु बलवीर चौधरी,एकबाल मिया,एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेल, एमाले बाराका सचिव अध्यान्द पाण्डे,एमाले नेता तथा संविधानसभाका सदस्य शिवचन्द्र कुशवाहा, श्री भगवान गिरी लगायतले बोल्नु भएको थियो । कार्यक्रममा राकेस यादबको सजिकरण र सत्पाल यादबले स्वागत गर्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु