२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

झुलाघाट–चिवाभन्ज्याङ अभियानको लागि एमालेको मधेश प्रदेशमा तयारी बैठक

२०८० मंसिर १२, मंगलबार मा प्रकाशित (0 महिना अघि) २८० पाठक संख्या

 

सयपत्री समाचारदात
सिमरा, १२ मसिरः नेकपा एमाले केन्द्रीय कमिटीद्वारा मंसिर १४ गतेदेखि सञ्चालन हुने ‘झुलाघाट–चिवाभन्ज्याङ ः समृद्धिका लागि संकल्प यात्रा’ अभियानको तयारीका लागि मधेश प्रदेश कार्यालयको आयोजनामा मंगलबार तयारी बैठक जनकपुरमा सम्पन्न भएको छ ।
बैठकले मंसिर २६ गते उदयपुरको घुर्मीमा हुने जनसभामा मधेस प्रदेशबाट व्यापक जनसभागिता गराउने निर्णय गरेको छ । त्यसका साथै बैठकले केही महत्वपूर्ण निर्णय समेत गरेको एमाले मधेसप्रदेश कमिटिका सचिब मनोज पौडेलले जानकारी दिनुभयो ।
मधेश प्रदेश कमिटिका अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा र पोलिटब्यूरो सदस्य पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा र पोलिटब्यूरो सदस्य अच्युत मैनालीको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।
बैठकमा पार्टीका केन्द्रीय कमिटि सदस्य, जिल्ला अध्यक्ष,जनसङगठनका पदाधिकारीको उपस्थिति रहेको थियो । बैठकको सहजीकरण सचिव मनोज पौडेल र स्वागत उपाध्यक्ष विचारी यादबले गर्नुभएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु