२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

बाह्र सामुदायिक विद्यालयलाई जीतपुरसिमराको दोस्रो ताकेता

२०८० मंसिर १५, शुक्रबार मा प्रकाशित (0 महिना अघि) २८७ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, १५ मंसिरः जीतपुरसिमरा उपमहानगरपालिकाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत सशर्त बजेटबाट सञ्चालन भएका कार्यक्रमको कार्यसम्पन्न प्रतिवेदन पेश नगरेका १२ ओटा सामुदायिक विद्यालयलाई दोस्रो पटक ताकेता गरेको छ । कार्यसम्पन्न भएको जानकारी २०८० साउन मसान्तभित्र दिनुपर्नेमा हालसम्म विवरण प्राप्त नभएकोले २०८० मंसिर मसान्तभित्र कार्यसम्पन्न प्रतिवेदन बुझाउन ताकेता गरेको हो ।
नगरभित्रका राष्ट्रपति शैक्षिक सुधार अन्तरगत बजेट परेका विद्यालयहरुले कम्प्युटर ल्याव, पुस्तकालय,आइसिटी र दुई कोठे तथा चारकोठे भवन निर्माणको कार्य सम्पन्न प्रतिवेदन नआएकोले दोस्रो पटक ताकेता पत्र काटिएको उपमहानगरले जनाएको छ ।
पत्रमा तोकिएको समयभित्र कार्यसम्पन्न नभएको वा भएको भए कार्यालयबाट प्राविधिक खटाइ भौतिक निर्माणकाको मापन, मूल्यांकन र कार्यसम्पन्न प्रतिवेदन साथै अन्यको हकमा नगर शिक्षा अनुगमन टोलीद्वारा गरिने निरीक्षण र प्रतिवेदनको आधारमा आवश्यक कारवाही अगाडि बढाउन नगरका प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसादद्वारा हस्ताक्षरित पत्रमा जानकारी गराइएको छ । हेर्नुहोस पत्रः

1701423815847

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु