२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

मानव अधिकार तथा शान्ति समाजद्वारा नागरिक सम्वाद कार्यक्रम आयोजना

२०८० मंसिर २१, बिहिबार मा प्रकाशित (0 महिना अघि) २७३ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा,२१ मंसिरः मानव अधिकार तथा शान्ति समाज बारा शाखाले बिहीबार नागरिक सम्वाद कार्यक्रमको आयोजना गरेको छ । ७५ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसको उपलक्ष्यमा लोकतन्त्रको प्राणः सुशासन र सद्भाव विषयक नागरिक सम्वादको आयोजना गरेको होख ।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला अधिकारी, मानव अधिकार तथा शान्ति समाजका मधेश प्रदेश सचिव अमर गौतम, मधेशप्रदेश सभाका पूर्व सभाषद शोभा लामा, वडा नं २१का वडाध्यक्ष सुभास श्रेष्ठ, नेपाली काँग्रेसका नगर सभापति छविलाल शर्मा, समाजका पूर्व केन्द्रीय कोषाध्यक्ष हरि थपलिया, पूर्व केन्दीय सदस्य क्षमादेवी अधिकारी, पर्साका सभापति प्रेम पटेल, समाजका पूर्व सभापति रघु लामिछाने, पूर्व उपाध्यक्ष पुष्पराज खतिवडा, ब्राइटर एकेडेमीका प्रिन्सिपल राजु कार्की, सञ्चारकर्मी विदुर खड्का लगायतको उपस्थिति रहेको थियो ।
समाजका बारा शाखा सभापति लक्ष्मण साहको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव निराजन थापाले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु