२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

प्रहरीको गोली लागेर सिम्रौनगढमा एक जनाको मृत्यु

२०८० मंसिर २७, बुधबार मा प्रकाशित (0 महिना अघि) ४९८ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २७ मंसिरः प्रहरीको गोली लागेर बाराको सिम्रौनगढमा एक जनाको मृत्यु भएको छ । सिम्रौनगढमा आन्दोलित शिक्षक तथा कर्मचारीको भिडलाई तितरवितर पार्न प्रहरीले गोली चलाउँदा सिम्रौनगढ नगरपालिका वडा नं १ नामसाग्राघाटका २५ वर्षीय लक्ष्मी मुखियाको मृत्यु भएको हो ।
मुखियाको टाउकोमा गोली लागि गम्भिर घाईते भई उपचारको लागि प्रादेशिक अस्पताल बीरगंज पर्सा पठाईएकोमा करिब साँढे ४ बजेको समयमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
के थियो घटना ?
बुधबार दिउँसो बाराको सिम्रौनगढ नगरपालिका वडा नं.६ मा रहेको सिम्रौनगढ नगरपालिकामा पुरानो प्रशासकीय अधिकृत बदली भई नयाँ प्रशासकीय अधिकृत महेश कुमार मिश्र नगरपालिकामा हाजिर हुने क्रममा सिम्रौनगढ नगरपालिकाका आन्दोलित शिक्षकहरु र असन्तुष्ट पक्षका कर्मचारीहरुले अवरोध पुर्‍याउन खोज्दा प्रहरीले भिडलाई तितर वितर पार्न ५२ राउण्ड हवाइ फायर गरेको थियो ।सोही क्रममा मुखियालाई गोली लागेको प्रहरीले जानकारी दिउको छ । घटनामा नेपाल प्रहरीका १० जना सामान्य घाइते भएका छन् भने झडपका क्रममा नगर प्रमुख किशोरीप्रसाद कलवारको बा २ झ ४३५४ नम्बरको स्कारपियो गाडीको अगाडि पछाडिको सिसा फुटेको र नगर प्रमुखको कार्य कक्षको दुई वटा झ्यालको सिसाहरु फुटेको बताइएको छ । अहिले स्थिति सामान्य भएको बताएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु