२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

तेस्रो राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता माघ ७ गतेदेखि हुने

२०८० पौष २०, शुक्रबार मा प्रकाशित ( महिना अघि) ४०८ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २० पुसः जीतपुरसिमरा उपमहानगरपालिकामा तेस्रो राष्ट्रपति रनिगं शिल्ड प्रतियोगिता हुने भएको छ । नगरप्रमुख एवं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिताका संयोजक राजन पौडेलको अध्यक्षतामा शुक्रबार आयोजित प्रेस मिट कार्यक्रममा आगामी माघ ७ गतेदेखि प्रतियोगिता हुने जानकारी दिइएको हो ।
उपमहानगरभित्रका ६१ ओटा सामुदायिक विद्यालय र सम्पूणर् संस्थागत विद्यालयहरुको सहभागिता रहने गरी कार्यक्रमको आयोजना गर्न लागिएको कार्यक्रम संयोजन समितिका सदस्य सचिव एवं जनता मावि रजघट्टाका प्रधानाध्यापक राजु अधिकारीले जानकारी दिनुभयो ।

1704464969448

प्रतियोगितामा कार्यविधिले तोकेको ६ वटा खेलहरु कबड्डी, भलिबल, कराँते, एथलेटिक्स, तेक्वान्दो र अतिरिक्त खेलअन्तरगत फुटवल महिलाका लागि र क्रिकेट पुरुषका लागि छनौट गरिएको बताइएको छ ।
विद्यालयस्तरका कक्षा १२ सम्मका तथा १८ वर्ष मुनिका विद्यार्थीले भाग लिन सक्ने जानकारी दिइएको थियो । विद्यालयतहका विद्यार्थीहरुमा खेलप्रति जागरुकता ल्याउन, उनीहरुमा स्फूर्ति ल्याउन र स्वतस्फूर्त रुपमा रचनात्मक काममा सहभागीता जनाउन सकून भन्ने उद्देश्यले प्रतियोगिता आयोजना हुने भएको हो । प्रतियोगिता माघ १३ गतेसम्म सञ्चालन हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु