२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

अन्तर लायन्स फूटसल प्रतियोगिताको उपाधी लायन्स क्लब अफ सिमरा युथलाई

२०८० पौष २१, शनिबार मा प्रकाशित ( महिना अघि) ४७० पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २१ पुसः लायन्स क्लब अफ सिमरा युथले वीरगन्जमा सम्पन्न प्रथम अन्तर लायन्स फूटसल प्रतियोगिताको उपाधी जितेको छ । वीरगन्जस्थित हाम्रो फूटसलमा आयोजित प्रतियोगिताको फाइनलमा लायन्स क्लब अफ कलैयालाई पराजित गर्दै सिमरा युथले उपाधी जितेको हो ।

उपाधी उचाल्ने क्रममा सिमरा युथले कलैयालाई फाइनल खेलमा ९-० को फराकिलो अन्तरले पराजित गरेको छ । लायन्स क्लब अफ वीरगन्ज मिलेनियमलाई ६-० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको सिमराका लागि वर्ष २०२२।२३ का अध्यक्ष दिवाकर भण्डारी एक्लैले पाँच गोल गर्नुभयो । यसैगरी उमेश चौलागाईले तीन र रमेश सुवेदीले एक गोल गर्नुभएको थियो ।

विजेता तथा उपविजेता टिमलाई लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका गभर्नर डिएन अग्रवाल, सेक्रेटरी बासु तिमिल्सीनाले ट्रफि र प्रमाणपत्र वितरण गर्नुभएको थियो । अग्रवालले विजेता क्लब सिमरा युथका अध्यक्ष त्रिलोक बिक्रम शाहलाई ट्रफी हस्तान्तरण गर्नुभएको थियो ।

लायन्स क्लब अफ वीरगन्ज परिवारले आयोजना गरेको प्रतियोगितामा बारा र पर्साका लायन्स क्लबको सहभागिता रहेको थियो । प्रतियोगितामा लायन्स क्लब सिमरा युथ, कलैया, वीरगन्ज परिवार, वीरगन्ज मिलेनियम, आदर्शनगरलगायतले सहभागिता जनाएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु