२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

नेपाल आयल निगमको ५४ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान

२०८० पौष २४, मंगलबार मा प्रकाशित ( महिना अघि) ३०९ पाठक संख्या

सयपत्री समाचारदात
सिमरा, २४ पुसः नेपाल आयल निगम लि को ५४ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । मंगलबार निगमको केन्द्रीय कार्यालय, टेकुमा नेपाल रेडक्रास सोसाइटी, रक्त संचार सेवा, ताहाचलको प्रविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । नेपाल आयल निगम लि. ले विगत एक दशकभन्दा अगाडि देखि नै प्रत्येक वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । गत बर्ष ५३ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा १३१ जना रक्तदाताले रक्तदान गर्नु भएकोमा ५४ औं वार्षिकोत्सवको अवसरमा आज आयोजित रक्तदान कार्यक्रममा १५१ जना रक्तदाताहरूले रक्तदान गर्नुभयो ।
रक्तदान कार्यक्रमको उद्घाटन निगमका नायब कार्यकारी निर्देशक ई. बीरेन्द्र गोईतले पानसमा दिप प्रज्जवलन गरेर गर्नु भएको थियो । कार्यक्रममा निगमका पूर्व कर्मचारी, हाल कार्यरत कर्मचारी तथा तिनका परिवार र निगमसँग सम्बध्द अन्य ब्यक्तिहरूले समेत रक्तदान गर्नु भएको थियो ।

IMG 20240109 WA0003
कार्यक्रम समापनमा रक्तदान कार्यक्रममा प्राविधिक सेवा प्रदान गर्ने नेपाल रेडक्रास सोसाइटी, रक्त संचार सेवा, ताहाचललाई निगमको तर्फबाट प्रशंसा पत्र प्रदान गरिएको थियो भने निगमलाई समेत नेपाल रेडक्रास सोसाइटी, रक्त संचार सेवा, ताहाचलले रक्तदान कार्यक्रम सफलताका साथ सम्पन्न गरेकोमा प्रशंसा पत्र प्रदान गरेको थियो । रक्तदान कार्यक्रममा अतिथिको रूपमा आमन्त्रित १७६औं पटक रक्तदान गरिसक्नु भएका श्री प्रेम सागर कर्माचार्यज्यूले निगमले आगामी दिनमा कम्तीमा वार्षिक रूपमा दुई पटक रक्तदान कार्यक्रम आयोजना गर्न सुझाव दिनु भयो । निगमका रक्तदान कार्यक्रम उप समितिका संयोजक श्री बिकास बखतीले अब निगमले वार्षिकोत्सव सहित कम्तिमा बर्षमा दुई पटक रक्तदान कार्यक्रम आयोजना गर्ने बताउनु भयो ।साथै,
बखतीले निगमबाट आयोजित रक्तदान कार्यक्रममा लक्ष्य अनुरूप रक्तदान गराउदै सफलतापूर्वक सम्पन्न गर्न रक्तदान गर्नुहुने सम्पूणर् रक्तदाताहरू, प्रविधिक सहयोगी नेपाल रेडक्रास सोसाइटी, रक्त संचार विभाग लगाएत सम्पूणर् सहयोगीहरूमा धन्यवाद व्यक्त समेत गर्न भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु