२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमरामा तेस्रो राष्ट्रपति रनिंग शिल्ड खेलकुद प्रतियोगिता सुरु

२०८० माघ ९, मंगलबार मा प्रकाशित ( महिना अघि) ५२९ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, ९ माघः तेस्रो राष्ट्रपति रनिंग शिल्ड खेलकुद प्रतियोगिता २०८० मंगलबारबाट सुरु भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले जनता मावि रजघट्टामा उपमहानगरपालिका स्तरीय अन्तरविद्यालय तेस्रो राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता गरेको हो । कार्यक्रमको उद्घाटन पूर्वमन्त्री एवं संघीय सांसद ज्वालाकुमारी साहले  गर्नुभएको थियो ।

प्रतियोगितामा पालिकाभरिका ३६ विद्यालयले सहभागिता जनाएका छन् । जसमा २० ओटा सामुदायिक विद्यालय र १६ ओटा संस्थागत विद्यालय रहेका छन् । प्रतियोगितामा भलिबल, कबड्डी, छात्रा फुटबल, छात्रा क्रिकेट, एथलेटिक्स, कराँते र तेकवान्डो गरी ७ खेल समावेश गरिएको छ । प्रतियोगिताअन्तरगत १ सय २४ ओटा खेल हुने बताइएको छ । खेलमा २ सय ४३ जना छात्रा र ३ सय ३१ जना छात्र गरी ५ सय ७४ जना विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाउने सचिवालय विद्यालय जनता मावि रजघट्टका प्रधानाध्यापक राजुप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

1706018571390
जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख एवं तेस्रो राष्ट्रपति रनिग शिल्ड प्रतियोतिाका संयोजक राजन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री एवं संघीय सांसद साहसहित संविधान सभा सदस्य मधु शाही, उपप्रमुख भोला प्रसाद अधिकारी, नमुना मावि सिमराका प्रधानाध्यापक शंकरप्रसाद आचार्य, संस्थागत विद्यालयका तर्फबाट लोटस एकेडेमीका प्रधानाध्यापक रामप्रसाद अधिकारीलगायतले मन्तव्य राख्नुभएको थियो । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१४ की अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चयन मगरले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिवालय विद्यालयका प्रधानाध्यापक राजु अधिकारीले गर्नुभएको थियो ।
उद्घाटन समारोहमा विद्यार्थीहरुले विभिन्न झाँकी, तृत्यसमेत प्रस्तुत गरेका थिए । प्रतियोगिता माघ १३ गतेसम्म चल्नेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु