२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

उत्कृष्ट कारोबार गरेकोमा राष्ट्रिय वाणिज्य बैँकद्वारा जनता मावि रजघट्टा सम्मानित

२०८० माघ १०, बुधबार मा प्रकाशित ( महिना अघि) ३२५ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, १० माघः राष्ट्रिय वाणिज्य बैँकले जनता मावि रजघ्टालाई उत्कृष्ट कारोबार गरेको भन्दै सम्मान गरेको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १४ को रजघट्टामा रहेको जनता माविलाई राष्टिय वाणिज्य बैंक लिमिटेडले आफ्नो ५९ औं बार्षिकत्सवको अवसर पारेर बुधबार सम्मान गरेको हो ।

बैंकको सिमरा शाखामा आयोजित बार्षिकत्सव विशेष कार्यक्रममा बैंकका शाखा प्रबन्धक निरोज पाण्डेले विद्यालयका प्रधानाध्याक राजु अधिकारीलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो । प्रधानाध्यापक अधिकारीका अनुसार विद्यालयले बैँकसँगको निरन्तर र उत्कृष्ट कारोबार गरेकाले सम्मन गरेको हो ।
यसैगरी बैंकले सो अवसरमा अन्य ३ जना उत्कृष्ठ कारोबारकर्तालाई समेत सम्मान गरेको छ । सम्मानित हुनेमा सतिस गल्ला भण्डार जीतपुर, लक्ष्मी आयल स्टोर प्रा.लि. अमेखगजं र न्यू सन्देश किराना पसल सिमरा रहेका छन् ।
उनीहरुलाई पनि निरन्तर असल कारोबारको अपेक्षासहित उत्कृष्ठ ग्राहकको रुपमा सम्मान गरिएको शाखा प्रबन्धक पाण्डेले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु