सयपत्री समाचारदाता
सिमरा, १३ माघः तेस्रो राष्ट्रपति रनिंग शिल्ड खेलकुद प्रतियोगिता २०८० को उपाधी शनिबार राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन डुमरवानाले उचालेको छ । यही माघ ९ गतेबाट सञ्चालन भएको प्रतियोगितामा ११ स्वणर्, ५ रजत र २ काश्यसहित विभूतिले उपाधी उचालेको हो ।
यसैगरी नेपाल राष्ट्रिय नमुना मावि बकुलिया ६ स्वणर्, ३ रजत र ३ कास्यसहित दोस्रो भएको छ भने नेपाल राष्ट्रिय नमुना मावि सिमरा, ४ स्वणर्, ६ रजत र ५ कास्यसहित तेस्रो हुन सफल भएको छ । प्रतियोगिताको समापन समारोह तथा पुरस्कार वितरण कार्यक्रममा पूर्वमन्त्री एवं बारा क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ(किसान) को प्रमुख आथित्यता रहेको थियो । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले जनता मावि रजघट्टामा उपमहानगरपालिका स्तरीय अन्तरविद्यालय तेस्रो राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता यही माघ ९ गतेबाट सुरु भएको थियो ।
प्रतियोगितामा पालिकाभरिका ४१ विद्यालयका ९ सय ५७ छात्रछात्राले सहभागिता जनाएका थिए । जसमा २२ ओटा सामुदायिक विद्यालय र १९ ओटा संस्थागत विद्यालय रहेका थिए । प्रतियोगितामा भलिबल, कबड्डी, छात्रा फुटबल, छात्र क्रिकेट, एथलेटिक्स, कराँते र तेकवान्डो गरी ७ खेल समावेश गरिएको थियो ।
जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख एवं तेस्रो राष्ट्रपति रनिग शिल्ड प्रतियोतिाका संयोजक राजन पौडेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा पूर्वमन्त्री एवं संघीय सांसद कृष्णकुमार श्रेष्ठ, संविधान सभा सदस्य जयराम दाहाल, मधेस प्रदेश सभा साँसद देवनारायण चौधरी, उपप्रमुख भोला प्रसाद अधिकारी, नेपाल िकाँग्रेसका नगर सभापति छवी शर्मा, एमालेका झपेन्द्र बराल ,नमुना मावि सिमराका प्रधानाध्यापक शंकरप्रसाद आचार्य, संस्थागत विद्यालयका तर्फबाट लोटस एकेडेमीका प्रधानाध्यापक रामप्रसाद अधिकारीलगायतले मन्तव्य राख्नुभएको थियो ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१४ की अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चयन मगरले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिवालय विद्यालयका प्रधानाध्यापक राजु अधिकारीले गर्नुभएको थियो ।