२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

उखु किसानको समस्या अध्ययन गर्न संसदीय टोली मधेसमा

२०८० फागुन ३, बिहिबार मा प्रकाशित ( महिना अघि) २८८ पाठक संख्या

सीता अधिकारी
सिमरा, ३ फागुनः उखु किसानको समस्या अध्ययन गर्न संसदीय टोली मधेश प्रदेशका बारा आइपुगेको छ । चिनी उद्योग तथा उखु किसानहरुका समस्या समाधान र सुझाव उपसमिति अन्तरगतको संसदीय टोली बिहीबार बारा आइपुगेको हो ।
उखु खेतीको उत्पादन र उत्पादकत्व वृद्धि गर्नका लागि आवश्यक पर्ने बीउविजनको हालको अवस्था र गुणस्तर सुधारका लागि भउका प्रयासहरु, उखु किसानलाई अनुदान रकम भुक्तानी, हालसम्म भएका भुक्तानीका विवरण, भुक्तानी प्रक्रिया, उखु क्रसिंग र उत्पादनको विवरण, देखिएका समस्या र समाधानका उपायसम्बन्धी छलफल गरी योजनाबद्ध काम गर्नका लागि स्थलगत अध्ययन अनुगमनमा निस्किएको बारा क्षेत्र नं ४का प्रतिनिधि सभा साँसद एवं पूर्वमन्त्री तथा उद्योग तथा उखु किसानहरुका समस्या समाधान र सुझाव उपसमितिका संयोजक कृष्णकुमार श्रेष्ठ किसानले बताउनुभयो ।

1708007308856
उहाँले उखु उतपादनका लागि पकेट क्षेत्र मानिने मधेश प्रदेशका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा रहेका चिनी मिलहरु, उखु उत्पादन क्षेत्रहरुको स्थलगत अनुगमन गर्ने साथै स्थलगत अध्ययनका क्रममा उखु किसानहरु, चिनी उद्योगी व्यवसायीहरु, चिनी मिलमा कार्यरत मजदुरहरु र अन्य सरोकारवालासँग छलफ गर्ने कार्यक्म रहेको जानकारी दिनुभयो । बारा क्षेत्र नं ४का प्रतिनिधि सभा साँसद एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसानको नेतृत्व रहेको भ्रमण टोलीमा साँसदहरु कान्तिका सेजुवाल, गणेश पराजुली, रामशंकर यादव, सूर्यमान तामांग, कार्यालयका शाखा अधिकृत प्रविन राई र नासु नारायण बस्नेत रहनुभएको छ ।

राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमको निरीक्षण

1708007391942
संसदीय टोलीले बाराको जीतपुरमा रहेको राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमको अध्ययन, अवलोकन तथा निरीक्षण गरेको छ । सो अवसरमा राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमका संयोजक एवं बरिष्ठ वैज्ञानिक डा. दिलराज यादवले नेपालमा उखु अनुसन्धान र विकासको अवस्था तथा भावी कार्यनीतिका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

1708007426503
मधेस प्रदेश कृषि अनुसन्धान निर्देशनालय, परवानीपुरका निर्देशक डा. विशेश्वर प्रसाद यादवको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बारा क्षेत्र नं ४का प्रतिनिधि सभा साँसद एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसान, गणेश पराजुली, रामशंकर यादव, नेकपा एस का पर्सा जिल्ला संयोजक मनोज, उखु किसान महासँघ बाराका अध्यक्ष वीरेन्द्र कुशवाहा लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रम जीतपुरका सूचना अधिकारी एवं वैज्ञानिक जगतबन्धु अधिकारीले गर्नुभएको थियो ।

1708007194606

बीरगञ्ज चिनी मिलको स्थलगत अनुगमन
संसदीय टोलीले बिहीबार नै लामो समयदेखि बन्द बीरगञ्जको चिनी मिलको समेत स्थलगत अनुगमन गरेको छ । टोलीले स्थलगत अनुगमनका क्रममा चिनी मिलमा कार्यरत कर्मचारीको गुनासा, समस्याको सुनि गहन अध्यननसमेत गरेको बताइएको छ । चिनी मिलमा कार्यरत मजदुरहरुले संसदीय टोलीलाई चिनी मिलको अवस्थाको बारेमा जानकारी गराउँदै आफ्ना समस्या राखेका थिए ।

1708011921305

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु