२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

एस एल ए एस शैक्षिक सर्वेक्षणसम्बन्धी तीन दिने तालिम सिमरामा सम्पन्न

२०८० फागुन ४, शुक्रबार मा प्रकाशित ( महिना अघि) ४२४ पाठक संख्या

सीता अधिकारी
सिमरा, ४ फागुनः एस एल ए एस शैक्षिक सर्वेक्षणसम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ । शैक्षिक स्तरको सुधारको लागि जीतपुरसिमरा उपमहानगरपालिकाले गर्न लागेको शैक्षिक सर्वेक्षणसम्बन्धी तालिम शुक्रबार सम्पन्न भएको हो ।

1708089485199
सिमरा कलेजका कलेज सञ्चालन समितिका कार्यवाहक अध्यक्ष मधुकर अधिकारीको सभाध्यक्षतामा सम्पन्न तालिम समापन कार्यक्रममा नगर प्रमुख राजन पौडेलले सर्वेक्षणबाट सामुदायिक तथा संस्थागत विद्यालयको शैक्षिक स्तरको सुधारका योजना निर्माण गर्न सहज हुने बताउनुभयो । उहाँले विकास भनेको भौतिक पूर्वाधार मात्र बुझिरहेको अवस्थामा व्यक्तिको शैक्षिक विकास पनि महत्वपूणर् हुने भएर यस क्षेत्रमा लगानी जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।

1708089305176
कार्यक्रममा जीतपुरसिमराका प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसाद, नगरका संघर्ष विडारी, कलेज व्यवस्थापन समितिका सदस्य रमेश पण्डित, विट्स ल्याडर संस्थाका भक्त सुवेदी, कलेजका रिसर्च म्यानेजमेन्टका संयोजक सोनी कार्की लगायतले मन्तव्य राख्नु भएको थियो ।
तालिममा जीतपुरसिमरा उपमहानगरपालिकाका तीन ओटा सामुदायिक क्याम्पस सिमरा कलेज डुमरवाना बहुमुखी क्याम्पस तथा बकुलिया क्याम्पसका गरी एक सय ६० जना स्वयंसेवक विद्यार्थीहरुले सहभागिता जनाएका थिए । तिनै स्वयंसेवक उपमहानगरका प्रत्येक विद्यालय पुगी प्रत्येक विद्यार्थीसँग रहेर शैक्षिक सर्वेक्षण गर्ने सिमरा कलेजका प्रमुख एवं सचिवालय क्याम्पसका प्रमुख शालिकराम अधिकारीले जानकारी दिनुभयो ।

1708089469021
सर्वेक्षण कक्षा १ देखि ८ सम्मका विद्यार्थीमा गरिनेछ भने विद्यालयको भौतिक अवस्था, शिक्षक दरवन्दी, शैक्षिक अवस्था, विद्यालयको अतिरिक्त क्रियाकलाप, पिउनेपानी, शौचालयआदिको पनि सर्वेक्षण गरिने बताइएको छ । सर्वेक्षण कार्यक्रम आउँदो बुधबारबाट सुरु गरिने बताइएको छ ।

1708089259441

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु