२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

कृपा दैनिकको २१औं वार्षिकोत्सवः बाराकी सक्रीय महिला पत्रकार पोखरेलसहित ३ जना पुरस्कृत

२०८० फागुन ५, शनिबार मा प्रकाशित ( महिना अघि) २९१ पाठक संख्या

 

सयपत्री समाचारदता
सिमरा, ५ फागुनः कृपा दैनिकले आफ्नो २१औं वार्षिकोत्सवका अवसरमा शनिबार बाराकी सक्रिय महिला पत्रकार शारदा पोख्र्रेलसहित ३ जनालाई पुरस्कृत गरेको छ । बाराको निजगढमा आयोजित एक कार्यक्रममा कृपा दैनिकले बाराकी पोख्रेलसहित रौतहटका फणी महत र सर्लाहीका ओमप्रकाश ठाकुरलाई पुरस्कृत गरेको हो ।
कृपाद्वारा पोखरललाई १० हजार राशीको चन्द्रप्रसाद खनाल स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गरिएको हो भने महत र ठाकुरलाई ५० हजार राशीको उमादेवी स्मृति क्रियाशिल पत्रकारिता पुरस्कारबाट संयुक्तरुपमा पुरस्कृत गरिएको थियो ।
प्रेस काउन्सिल नेपालका केन्द्रीय अध्यक्ष बालकृष्ण बस्नेत, बारा क्षेत्र नं. १ का सांसद अच्युत मैनाली, निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, कृपा दैनिकका संस्थापक सम्पादक कमलकुमार उपाध्याय, सम्पादक गोकुलप्रसाद घोरसाईनेले नगद राशीसहित पत्रकारलाई पुरस्कृत गर्नुभएको थियो । सोही अवसरमा कृपा दैनिकले पूर्वसम्पादक राकेश पाण्डे र संवाददता पुष्पराज खतिवडालाई सम्मानित गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु