२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमरामा पहिलो पटक आयोजना हुने महोत्सवको तयारी तीव्र, मेलास्थलको सरसफाइ

२०८० फागुन ६, आईतबार मा प्रकाशित ( महिना अघि) ३२५ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, ६ फागुनः बाराको जीतपुरसिमरा बजनीमा आयोजना हुन लागेको महोत्सवको तयारी तीव्र पारिएको छ । जीतपुरसिमरा नगर उद्योग वाणिज्य सँघले पहिलोपटक आयोजना गर्न लागेको महोत्सवलाई भव्य र सभ्य बनाउन तायरी तीव्र पारेको हो । यसै अवसरमा आइतबार सरसफाइ गरिएको छ ।

1708238492929
उद्योग वाणिज्य सँघका पदाधिकारी तथा सदस्य मात्र होइन नगरभित्रका विभिन्न सँघ संस्थाका प्रतिनिधि तथा स्थानीय युवाहरुले समेत महोत्सव सफल पार्न जोडतोडले लागेको नगर उद्योग वाणिज्य सँघका अध्यक्ष मोहन लामिछानेले बताउनुभयो । कृषि पर्यटन, खेल उद्योग र व्यापार, जीतपुरसिमरा बारा-मधेश समृद्धिको आधार’ भन्ने मुल नारासहित आगामी फागुन १८ देखि सुरु हुन लागेको महोत्सव २९ फागुनसम्म चल्नेछ । यसै सन्दर्भमा अध्यक्ष लामिछानेले दुईवटा होटलले स्टल बुकिंग गरिसकेको जानकारी दिनुभयो ।
विभिन्न समितिहरुको गठन गरी महोत्सवस्थल व्यवस्थापनको काम द्रुत गतिमा अघि बढेको आयोजकले बताएका छन् । जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुर र सिमराको विच भागमा पर्ने बजनीमा आयोजना गर्न लागिएकाले सबैलाई समेटेर काम गर्न सकिने आयोजकले विश्वास लिएका छन् ।

1708238597071
उपमहानगरभित्र यस अघि विभिन्न सँघसंस्थाका नाममा मेला लाग्ने गरेको भएपनि नगर उद्योग वाणिज्य सँघको अगुवाइमा भने पहिलोपटक महोत्सव आयोजना हुन लागेको हो । यस महोत्सवले पर्सा राष्ट्रिय निकुञ्ज, गढीमाई मन्दिर, सिम्रौनगढजस्ता बारा जिल्लाकै धार्मिक एवं पर्यटकीय गन्तव्यको प्रचारप्रसारका लागि महोत्सव सफल हुने बताइएको छ ।

1708238540330

व्यवसायिक तथा व्यापार प्रवर्धनका लागि पनि महोत्सवले सहयोग पुर्याउने विश्वास लिइएको छ । महोत्सवमा विभिन्न क्षेत्रका तीनसय बढी स्टल रहने आयोजक संस्थाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु