२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

ब्राइटरले मनायो २३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

२०८० फागुन ७, सोमबार मा प्रकाशित ( महिना अघि) ५३९ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, ७ फागुनः बाराको सिमरामा रहेको ब्राइटर एकेडेमीले आफ्नो २३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । सोमबार विद्यालयले विद्यार्थीको विभिन्न प्रस्तुति तथा कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो ।

1708342150122
विद्यालयका म्यानेजिंग डाइरेक्टर चन्द्रदास चौहानको सभाध्यक्षतामा सम्पन्न वार्षिकोत्सव कार्यक्रमको उद्घाटन जीतपुरसिमरा उपमहानगरपािलकाका प्रमुख राजन पौडेलले गर्नुभएको थियो ।

1708342872615
कार्यक्रम विद्यालयका प्रिन्सिपल राजुकुमार कार्कीले सञ्चालन गर्नु भएको थियो भने सहायक प्रिन्सिपल चन्दनकुमार चौधरीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका छात्रछात्राहरुले गीत, नृत्य, नाटकलगायतका विभिन्न प्रस्तुति प्रदर्शन गरेका थिए ।कार्यक्रममा विभिन्न विधाका व्यक्तित्वहरुलाई सम्मानसमेत गरिएको थियो ।
कार्यक्रममा वडा नं १६ का वडाध्यक्ष हरिदेव खरेल, वडा नं २ का कार्यवाहक अध्यक्ष उद्धव गौतम, एन प्याब्सनका केन्द्रीय सदस्य रामप्रसाद अधिकारी सिमरा कलेजका प्रमुख शालिकराम अधिकारी, शुभतारा बोर्डिंग स्कुलका नेत्रप्रसाद दाहाल, विभूति सामुदायिक शिक्षा सदनका प्रिन्सिपल सागर ठाडा मगरलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

हस्तलिखित पुस्तक प्रदर्शनी

एकेडेमीका छात्रछात्राले आफ्नै हातले लेखेका पुस्तकहरु प्रदर्शन गरिएको थियो । जसमा विद्यार्थीले आफ्ना रचना, सिर्जना र कलालाई प्रस्तुत गरेका थिए ।

17083429211761708342968625

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%३%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु