सयपत्री समाचारदाता
सिमरा, १६ फागुनः सहकारीको दिगोपनका लागि स्वनियम तथा सुशासन भन्ने नाराका साथ स्थापना भएको साना किसान सहकारी संस्था सिमराले एक दिने निशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २ स्थित सिमरा वजारमा यही फागुन १९ गते शनिबारका दिन साना किसान सहकारी संस्थाले किरण आँखा अस्पताल बीरगञ्ज पर्साको सहयोगमा आँखा शिविर सञ्चालन गर्न लागेको हो ।
साना किसान सहकारी संस्था सिमराका अध्यक्ष कमला रिमाल अधिकारीका अनुसार अन्तराष्ट्रिय नारी दिवस २०८० को उपलक्ष्यमा गर्न लागिएको निशुल्क आँखा जाँच शिविर शनिबार विहान ९ बजेदेखि सुरु हुनेछ ।