२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमरामा पहिलो पटक हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पूरा

२०८० फागुन १७, बिहिबार मा प्रकाशित ( महिना अघि) ३०५ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, १७ फागुनः जीतपुरसिमरा नगर उद्योग वाणिज्य सँघले पहिलो पटक आयोजना गर्न लागेको जीतपुरसिमरा महोत्सव २०८० को सम्पूर्ण तयारी पूरा भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-३ बजनीमा आयोजना हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्थाले महोत्सवस्थलमा पत्रकार सम्मेलनको आयोजना गरी विहीबार  सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
‘कृषि, पर्यटन, खेल, उद्योग र व्यापार, जीतपुरसिमरा, बारा मधेस समृद्धिको मुख्य आधार’ भन्ने नारासहित जीतपुरसिमरा महोत्सव र पहिलो जीतपुरसिमरा एक्स्पो २०२४ हुन लागेको छ । महोत्सवको शुक्रबार एक कार्यक्रमकाबिच मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले उद्घाटन गर्नुहुने कार्यक्रम भएको आयोजकले जानकारी दिएका छन् । फागुन १८ गते शुक्रबारदेखि २९ गतेसम्म महोत्सव आयोजना हुँदै छ ।
महोत्सवलाई करिब एक लाख भन्दा बढीले अवलोकन गर्ने लक्ष्य रहेको नगर उद्योग वाणिज्य संघले राखेको छ । महोत्सवमा प्रवेशका लागि विद्यार्थीले २५ र अन्यले ५० रुपैयाँ शुल्क तिर्नुपर्नेछ भने अपाङ्गता र ज्येष्ठ नागरिकले निःशुल्क अवलोकन गर्न सक्नेछन् ।
नगर उद्यो वाणिज्य सँघका अध्यक्ष मोहन शर्मा लामिछानेले महोत्सवमा आर्थिक, शैक्षिक, पर्यटन, कृषिलगायत विभिन्न क्षेत्रको प्रदर्शनी रहने बताउनुभयो । महोत्सव अवलोकन गर्न आउने नागरिकले ती व्यावसायिक क्षेत्रका बारेमा बुझ्न पाउने र आवश्यकता अनुसारका सामाग्री खरिद तथा सेवाबारे परामर्श लिन सक्ने अध्यक्ष लामिछानेको भनाइ छ ।

1709214992415

महोत्सवलाई सफल बनाउनका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकार, निजी क्षेत्रबाट सहयोगको अपेक्षा संघले राखेको अध्यक्ष लामिछानेले बताउनुभयो  ।
। महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको उपस्थितिमा दैनिक रूपमा सांस्कृतिक कार्यक्रम, कुस्ती प्रतियोगिता, बाल उद्यानलगायत विभिन्न मनोरञ्जनका क्षेत्रलाई समेटिने संघका महासचिव प्रकाश गिरीले बताउनुभयो उहाँले महोत्सवका तयारीका लागि २० वटा उपसमिति गठन गरी तयारी भइरहेको समेत जानकारी दिनुभयो । कार्यक्रममा प्रचारप्रसार उपसमितिका संयोजक राजुराज गिरीको सहजीकरण रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु