२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

साना किसान कृषि सहकारी सिमराद्वारा एकदिने आँखा शिवरि सम्पन्न, शिविरबाट ४९५ लाभान्वित

२०८० फागुन १९, शनिबार मा प्रकाशित ( महिना अघि) ३०८ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, १९ फागुनः साना किसान कृषि सहकारी संस्था लिमिटेडले आयोजना गरेको एक दिने निशुल्क आँखा जाँच शिविरबाट चार सय ९५ जनाको आँखा परीक्षण भएको छ । आँखा परीक्षण गरिएका मध्ये ५५ जनामा मोतियाविन्दु भएको पत्ता लागेको छ ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर किरण आँखा अस्पतालको सहकार्यमा एक दिने निः शुल्क आँखा जाँच शिविर सन्चालन गरेको थियो । जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

1709388539239

संस्थाले संस्थका सेयर सदस्यसहित अन्य सदस्यहरु एक सय ५० जना पुरुषसहित ३ सय ४५ जना महिलाको आँखा परीक्षण गरिएको संस्थाका अध्यक्ष कमला रिमाल अधिकारीले जानकारी दिनुभयो ।

1709382992304
किरण आँखा अस्पताल वीरगञ्जका तर्फबाट निशुल्क आँखाको औषधि वितरण गरिएको थियो । मोतीयिाविन्दुको शल्यक्रियाका लागि १५ दिनभित्र अस्पतालमा सम्पर्क गरेर सेवा लिनेलाई छुटको ब्यबस्था गरेको प्रतिबद्धता समेत व्यक्त गरिएको थियो ।

1709383074059

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु