२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

सिमरा महिला साकोसद्वारा एक सय थान बेबी ब्ल्यांकेट हस्तान्तरण

२०८० फागुन २३, बुधबार मा प्रकाशित ( महिना अघि) ४७३ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २३ फागुनः सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाले बुधबार जीतपुरसिमरा नगर अस्पताललाई एक सय थान बेबी ब्ल्यांकेट हस्तान्तरण गरेको छ । १ सय १४ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर अस्पतालमा जन्मिएका शिशुहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै साकोसले अस्पताल प्रशासनलाई बेबी व्ल्यांकेट हस्तान्तरण गरेको हो ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १४ की वडाध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि चयन मगरले अघिल्लो दिन अस्पतालमा प्रजनन भएका दुई दिने नवजात शिशुलाई व्ल्यांकेट ओढाएर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

1709694177021
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २ का कार्यवाहक अध्यक्ष उद्धवप्रसाद गौतम, नेपाली काँग्रेसका केन्द्रीय सदस्य नारायणी रायमाझी, नेकपा माओवादी पार्टीका केन्द्रीय सदस्य गीता कँडेल, जीतपुरसिमरा उपमहानगरपालिकाका पूर्व कार्यपालिका सदस्य सुमित्रा कार्की, जीतपुरसिमरा अस्पताल प्रमुख प्रकाश साह, अस्पतालका जनस्वास्थ्य अधिकृत अशोक जैसवाल, इलाका प्रहरी कार्यालय महिला बालबालिका सेवा केन्द्रकी पार्वती बोहोरा, सिमरा महिला साकोसकी पूर्व अध्यक्ष एवं सल्लाहकार अनिता लम्साल, लेखा समिति संयोजक उर्मिला सापकोटालगायत सञ्चालक समितिका सदस्य, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

1709694112310
साकोसका अध्यक्ष मुना खरेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव गीता शर्माले गर्नुभएको थियो भने स्वागत संस्थाका उपाध्यक्ष भिमादेवी शर्माले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु