२०८१ श्रावण ३, बिहिबार
नयाँ
पछिला अपडेट

बागमती प्रदेशका निवर्तमान स्वास्थ्यमन्त्री जोशीद्वारा स्वास्थ्य चौकीको शिलान्यास

२०८० चैत्र ११, आईतबार मा प्रकाशित ( महिना अघि) ३६३ पाठक संख्या

सयपत्री समाचारदाता
भरतपुर, ११ चैतः चितवनको भरतपुर महानगरपालिका वडा न.२ मा स्वास्थ्य चौकीको शिलान्यस गरिएको छ । उक्त चौकीको शिलान्यास बागमती प्रदेशका निवर्तमान स्वास्थ्यमन्त्री उत्तम जोशीको प्रमुख आतिथ्यमा भएको हो ।
। पूर्व मन्त्री जोशीले गाउँ गाउँमा स्वास्थ्यको पहँच पुराउने उदेश्यले स्वास्थ्यचौकीको शिलान्यास गरिएको र आगामी दिनमा कुनै पनि जनता स्वास्थ्य समस्याले ग्रसित हुनु नपर्ने धारणा राख्नुभयो । भवन निर्माण समितिका अध्यक्ष विजय पराजुलीको सभापतित्वमा भएको कार्यक्रममा वडा अध्यक्ष मनोज रानाभाट, राजनीतिक दलका नेता, टोल सुधार समितिका अध्यक्ष, आमा समूहहरुको उपस्थिति रहेको थियो ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत एक प्रदेश एक निर्वाचन स्वास्थ्य संस्था सवलीकरण तथा सुदृढीकरण कार्यक्रमअन्तर्गत उक्त कार्यक्रम ल्याइएको मन्त्री जोशीले जानकारी दिनुभयो ।

Received_1544527112782141

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु