२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमराको आधारभूत तहको नतीजा प्रकाशन, सामुदायिकतर्फ सिमरा मावि र संस्थागतमा विभूति र ब्राइटरका छात्रछात्रा सर्वोत्कृष्ट

२०८० चैत्र २०, मंगलबार मा प्रकाशित ( महिना अघि) ८८७ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, १९ चैतः जीतपुरसिमरा उपमहानगरपालिकाले आधारभूत तह (१. ८)को परीक्षाको नतीजा प्रकाशन गरेको छ । सोमबार उपमहानगरपालिकाले नतीजा प्रकाशन गरेको हो । नतिजा हेर्न उपमहानगरको वेबसाइटदेखि क्युआरसमेत सार्वजनिक गरिएको छ ।उपमहानगरद्वारा प्रकाशित नतीजाअनुसार सामुदायिक विद्यालयतर्फ सिमरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयकी छात्रा सुरुतीकुमारी ३.९६ जीपिए, सखुवाघाटस्थित जनजागृती माध्यमिक विद्यालयका अनुश अधिकारीले ३.८३, त्यस्तै सिमरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका कृष्ण रानाभाट ३.८३ जिपीएसहित सर्वोकृष्ट भएका छन् ।

त्यसैगरी संस्थागततर्फ डुमरवानास्थित राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनकी अस्मिता गुरुङले ४ जिपीए, सिमरास्थित ब्राईटर एकेडेमीकी मोबिका सिंह ४ जिपिए, ब्राईटरकै ईशान्त रेग्मीले ४ जिपीएसहित सर्वोत्कृष्ट भएका छन् ।
परीक्षामा २ हजार २ सय ६८ जना सहभागी थिए । ९ कक्षा भर्ना हुन योग्य एक हजार १७ ले श्रेष्णी प्राप्त गरेका छन् भने एक हजार दुई सय ५१ जना श्रेष्णी विहिन भएका छन् । यो कुल नतिजाको ४४.४८ प्रतिशतले श्रेणी प्राप्त गरे । अघिल्लो वर्ष यो प्रतिशत २५ हाराहारीमा थियो ।

आधारभूत तहको नतीजाको विषयगत नतीजालाई हेर्दा सबैभन्दा बढी अनिवार्य गणितमा ९ सय ७ जना श्रेणी विहीन र विज्ञानमा ५ सय ४५ जना श्रेणी विहीन भएको देखिन्छ ।समग्र नतीजालाई हेर्दा गणित विज्ञानको नतीजा कमजोर देखियो । नतीजामा १ सय ७९ जनाले सर्वोत्तम( ए प्लस), ३ सय ३८ जनाले अति उत्तम, ३ सय ५४ जनाले उत्कृष्ट, १ सय ३० जनाले उत्तम, १६ जनाले सन्तोषजनक नतीजा ल्याएको देखिन्छ ।

1711994259625

गत वर्षदेखि आधारभूत तह कक्षा ८ को परीक्षा सञ्चालन गर्दै आएको छ । अघिल्लो परीक्षाको नतीजाभन्दा यस वर्ष सुधार गरेको छ ।
यसैवीच नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक शंकरकुमार आचार्य, विभूति शिक्षा सदन डुमरवानका संचालक समितिका अध्यक्ष विदुर खड्का, ब्राइटर एकेडेमी सिमराका प्रिन्सिपल राजुकुमार कार्कीले सर्वोत्तम नतीजा हासिल गर्ने विद्यार्थी लगायत उत्तीणर् सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

1711994229795

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%८%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु