२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

मधेशप्रदेश स्तरीय चौथो खुला डोरी तान प्रतियोगिता सम्पन्न

२०८० चैत्र २३, शुक्रबार मा प्रकाशित ( महिना अघि) ६४६ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २३ चैतः जीतपुरसिमरा डोरी तान संघको आयोजनामा भएको चौथो मधेश प्रदेश स्तरीय खुल्ला डोरी तान प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । बाराको पथलैयामा बिहीबार उद्यटन भएको खेलको शुक्रबार सम्पन्न भएको हो ।

प्रतियोगितामा एक विभागीय टीम सहित बारा, सिराहा, सप्तरी, रौतहटलगायत आयोजक टिम सहित १० टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितामाम बारा डोरी तान संघ विजेता र रौतहट डोरी तान संघ उपविजेता बनेको थियो । जसमा विजेता टिमले नगद २० उपविजेताले १५ हजार राशी हात पारेका थिए ।
खेलमा बेष्ट कोच बनेका रौतहटका प्रदेशी चौधरीलाई नगदसहित सम्मान गरिएको थियो । प्रतियोगितामा स्थानीय महिला टिमको समेत सहभागिता रहेको थियो । महिला टिमलाई हौसला बढाउन विजेतालाई नगद पाँचहजार रुपियाँ र उपविजेतालाई २ हजार नगद प्रदान गरिएको  मधेश प्रदेश डोरी तान सँघकी उपाध्यक्ष रीता रिजालले जानकारी दिनुभयो ।

प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथि जीतपुर सिमरा उपमहानगर पािलका प्रमुख राजन पौडेल रहनुभएको थियो ।स्वास्थ्यका लागि खेल भएकोले आफूले खेल क्षेत्रमा कुल बजेटको एक दशमलव ५ प्रतिशत बजेट छुट्याएको र विभिन्न खालका खले आयोजना भैरहेको जीतपुरसिमराका मेयर पौडेलले जानकारी दिनुभयो । तर खेलकुदको कुल बजेटको ५० प्रतिशत बजेट विद्यालयका बालबालिकामा केन्द्रित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

FB_IMG_1712328692210

डोरी तान समितिका नगर अध्यक्ष रमेश सापकोटाको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष रीता रिजालको व्यवस्थापन रहेको थियो । कार्यक्रममा नगर उद्योग वाणिज्य सँघका महासचिव प्रकाश गिरी, रष्ट्रिय स्वतन्त्र पाटीका नगर कोषाध्यक्ष रवीन्द्र उपाध्याय, डोरी तान सँघका मधेश प्रदेश  अध्यक्ष प्रभु नारायण शिवाकोटी, नेपाली सेना २८ नं वाहिनीका बाहिनी पति, राष्ट्रिय टेक्निकल विभााग प्रमुख अञ्जना कडरिया, समाजसेवी रमेश घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु