२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

आन्तरिक ढुवानी बिमावापतको रकममा अनियमितता भएको भन्दै छानविन गर्न अमलेखगञ्जका ढुवानी व्यवसायीको माग

२०८० चैत्र २५, आईतबार मा प्रकाशित ( महिना अघि) ५१२ पाठक संख्या

सयपत्री समाचरदाता
सिमरा, २५ चैतः आम ढुवानी व्यवसायीहरुले आइतबार पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको शाखा कार्यालय अमलेखगञ्जमा तालाबन्दी गरेका छन् । संस्थाले आन्तरिक ढुवानी बिमावापतको रकममा अनियमितता र छानविनको माग गर्दै ढुवानी व्यवसायी तथा स्थानीयले तालाबन्दी गरेका हुन् ।
वि.सं २०६८ सालदेखि आन्तरिक ढुवानी बिमा बापत संकलन गरेको रकम काजको चिर्कटोमा उठाउने, उठाएको रकम संस्थाको खातामा जम्मा नहुने, लेखा परीक्ष्ण गर्दा बेरुजु देखिने, मूल्य अभिवृद्धि कर र अन्य कर समेत हिनामिना गरेको आरोप छानविन गर्न माग गर्दै ढुवानी व्यवसायीले विज्ञप्तिसमेत प्रकाशित गरेका छन् । उनीहरुले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २१ को कार्यालय तथा नेपाल आयल निगम, मधेस प्रदेशको कार्यालय अमलेखगञ्जलाई समेत बोदार्थ दिएका छन् ।
ढुवानी व्यवसायीले तालाबन्दी गरेको केही समयमै प्रहरीले तालाबन्दी तोडेको थियो । ढुवानी व्यवसायीले भने अनियमितताको छानबिन गरी सत्यतथ्य बाहिर नआएसम्म चरणबद्ध आन्दोलन गर्ने बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु