२०८२ जेष्ठ १०, शुक्रबार
नयाँ
पछिला अपडेट

वन्यजन्तुको संरक्षण, पर्यापर्यटन र आयआर्जन भन्ने नाराका साथ २९ औँ वन्यजन्तु सप्ताह सम्पन्न

२०८१ बैशाख ७, शुक्रबार मा प्रकाशित ( साल अघि) ८३३ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा,७ बैशाखः पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको संरक्षण, पर्यापर्यटन र आयआर्जन भन्ने मूल नाराका साथ सुरु भएको २९ औँ वन्यजन्तु सप्ताह सम्पन्न भएको छ । बैशाख १ गतेदेखि सञ्चालन भएको कार्यक्रम शुक्रबार स्थानीय सरोकारवालाहरुसँग अन्तरक्रिया गर्दै सम्पन्न भएको हो ।
पर्सा राष्ट्रिय निकुञ्ज व्यवस्थापन समितिका अध्यक्ष सीताराम अर्यालको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा जीतपुसिमरा उपमहानगरपालिकाका उपप्रमुख भाोला अधिकारी, पर्सागढी नगरपालिकाका नगरप्रमुख गोकणर् पाठक, बरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडा, सेनानि (सबुज गण) डिलबहादुर राना मगर, अर्चना श्रेष्ठ, डिभिजन वन कार्यालयका सहायक वन अधिकृत जवाहरलाल कुर्मी, वन अधिकृत ललन राउत
लगायतको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु