२०८१ अषाढ ३२, सोमबार
नयाँ
पछिला अपडेट

“सबैका लागि सामाजिक न्याय र मर्यादित रोजगारी “ भन्ने नाराका साथ १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइयो

२०८१ बैशाख १९, बुधबार मा प्रकाशित ( महिना अघि) ३७४ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, १९ बैशाखः “सबैका लागि सामाजिक न्याय र मर्यादित रोजगारी “ भन्ने नाराका साथ बुधबार बाराको पर्वानीपुरमा १ सय ३५ औँ अन्तराष्ट्रिय श्रमिक दिवस बाराको परवानीपुरमा विविध कार्यक्रमको आयोजना गरी  मनाइएको छ । बारा र पर्सा जिल्लाका ट्रेड युनियन मजदुरहरूको उपस्थितिमा बुधबार संयुक्त रुपमा कार्यक्रम मनाइएको हो ।
बारा जिल्ला ट्रेड युनियन काङ्ग्रेसका अध्यक्ष विश्वमणि शर्माको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय वरिष्ठ उपाध्यक्ष तेजेन्द्र कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सहभागी वक्ताहरुले मजदुरहरुको हकहितका सवालमा जुनसुकै कदम चाल्न पनि तयार रहने, श्रम सम्मानसहित सम्पूणर् श्रमजीवी मजदुरहरुलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराउन कम्पनी लगायत सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने बताएका थिए ।

1714567035344
कार्यक्रममा ट्ेड यूनियन काँग्रेसका केन्द्रिय सदस्य माधव उपाध्याय, कारखाना मजदुर स.घका केन्दीय अध्यक्ष अमृतलाल जोशी, ट्रेड यूनियनका निवर्तमान केन्द्रीय कोषाध्यक्ष मोहन वस्नेत, मधेश प्रदेशका उपाध्यक्ष प्रदीप यादव, कोषाध्यक्ष राजमणि बराल, ट्रेड यूनियनका निवर्तमान प्रदेश अध्यक्ष लक्ष्मणलाल कुर्मी, धादिगं क्षेत्र नं १ का नेपाली काँग्रेसका क्षेत्रीय सभापति कुमार सिँखडा, ट्रेड यूनियनका पर्सा अध्यक्ष छोटेलाल यादवको उपस्थिति रहेको थियो ।औपचारिक कार्यक्रमको सुरुवात भन्दा अघि प्रभातफेरीको आयोजना गरिएको थियो ।

1714567062070
१९ औँ शताब्दिको औद्योगिकीकरणमा यूरोपका उद्योगपतिहरूले दैनिक १५ घण्टासम्म न्यून पारिश्रमिकमा श्रम शोषण गरिरहेको कहालीलाग्दो परिस्थितिका बीच त्यहाँका मजदुरहरूले १ मे १८८६ का दिन त्यसका विरुद्ध समानता, उपयुक्त श्रम ज्याला, उचित विदा सुविधा, र श्रम वातावरणको लागि एकीकृत हुने उद्घोस गरे र ८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनोरन्जनको एक दिवसीय समय विभाजनको माँग गरे ।
शिकागोमा यही माग सहितको श्रमिकहरूको शान्तिपूणर् प्रर्दशनकारीहरूमाथि गोली चलाउंदा थुप्रै प्रदशनकारीको हत्या भयो र ४ में का दिन आक्रोसित प्रर्दशनकारीद्वारा बम विष्फोट गर्दा ४ प्रहरीसहीत ७ जनाको मृत्यु भयो, त्यसपश्चात घटनाको मुख्य षड्यन्त्रकारी र दोषीको रूपमा ८ जना निर्दोषलाई पक्राउ गरी फाँसी दिइयो । यसकै ३ वर्षपछि फ्रेन्च सोसलिष्ट पार्टीले मे १ लाई (श्रमीकहरु एकीकृत हुने घोषणा गरेको दिन) अन्तराष्ट्रिय श्रमिक दिवसको रूपमा मनाउने घोषणा गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु