२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

गणपति उद्योगको आगोः विपत् व्यवस्थापनको पूर्व तयारी पो रहेछ !

२०८१ बैशाख २२, शनिबार मा प्रकाशित ( महिना अघि) ५१४ पाठक संख्या

सीता अधिकारी
सिमरा, २२ बैशाखः सायद दिउँसोको १२ बज्दै थियो । शनिबार एक्कासी गणपति उद्योगमा ‘आगो लाग्योऽऽ आगो लाग्यो ऽऽऽ’ भन्दै केही महिला पुरुष चिच्याइरहेका थिए । उद्योगकै एक मजदुर सशस्त्र प्रहरीको विपद व्यवस्थापन टिमलाई फोन गरेर घटनाबारेको जानकारी गराउँदै थिए ।

1714812595798
तुरुन्त उद्धार टोली घटनास्थलमा आयो । आगलागीमा परेर कसैको हात भाँचिएको, कोही बेहोस भएका, कोही सामान्य चोटपटक लागेकालाई उद्धार गरी प्राथमिक उपचार गरिरहेका थिए । प्राथमिक उपचारपछि घाइतेको पूणर् उपचारका लागि एम्बुलेन्स मार्फत अन्य अस्पताल लगियो । आगो नियन्त्रणका लागि विपद व्यवस्थापन टिमले ग्याँस, चिसो बोरा, बालुवा , हरियो स्याउला, पानी लगायतका सामग्री प्रयोग गरिरहेको थियो ।
यो थियो सशस्त्र प्रहरी बल नेपाल ४० नं गण र जीतपुर सिमरा नगर उद्योग वाणिज्य सङ्घको सँयुक्त आयोजनामा भएको औधोगिक बहु प्रकोपीय जोखिम न्यूनीकरणमा पूर्व तयारी र प्रतिकार्यसम्बन्धी अभिमुखीकरण कार्यक्रमको प्रयोगात्मक नमुना प्रदर्शनी ।

1714812725895
बारा पर्सा औद्योगिक कोरिडोरका उद्योगहरूमा आगलागीको जोखिम बढ्दै गएकोले नगर उद्योग वाणिज्य संघ र सशस्त्र प्रहरी बल नेपाल नं ४० रिजर्भ गण पिलुवा बाराले आगलागीका कारण वर्षेनी करौडौँको क्षति हुने गरेकाले २ दिने औद्योगिक सुरक्षासम्बन्धी सचेतना कार्यक्रमको आयोजना गरेका थिए ।
सशस्त्र प्रहरी बल नेपाल नं ४० रिजर्भ गण पिलुवा बाराका प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्रीले औधोगिक क्षेत्रमा आउने विपदहरुका बारेमा जानकारी गराइ विपद व्यवस्थापन र न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

1714812639909 उहाँले औधोगिक क्षेत्रमा आइपरेको विपद र जोखिमका बेला मजदुरहरु घाइते हुन्छन् । त्यस्तोबेला उद्धार कसरी गर्ने र अस्पतालसम्म कसरी पुर्याउने, उद्योगमा हुने क्षति कसरी न्यूनीकरण गर्ने जस्ता कुरामा सचेत गराउन कार्यक्रम आयोजना गरिएको धारणा राख्नुभयो ।
उद्योगहरूमा हुनसक्ने विपत्सम्बन्धी जोखिमहरूको पहिचान गरी त्यसलाई न्यूनीकरण गर्न पूर्व तयारीसम्बन्धी कार्यक्रममा औधोगिक करिडोरका ५० वटा उद्योगका व्यवस्थापक तथा अधिकृत तहका कर्मचारी र कामदारहरूको सहभागिता रहेको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले जानकारी दिनुभयो ।

1714820506904

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु