२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

चौलागाईँ दम्पतीको अनुकरणीय कार्यः विवाह वर्षगाँठको अवसरमा शैक्षिक सामग्री प्रदान

२०८१ बैशाख ३०, आईतबार मा प्रकाशित ( महिना अघि) ४७० पाठक संख्या

 

सयपत्री समाचरदाता
सिमरा, ३० बैशाखः विवाहोत्सवमा तडकभडक गरी केक काट्ने परम्परालाई त्याग्दै यहाँका एक दम्पतीले आफ्नो विवाहको वर्षगाँठको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरी उदाहरणीय कार्य गरेका छन् । बाराको जीतपुसिमरा उपमहानगरपालिका वडा नम्बर २ दशबिगाहामा रहेको सरस्वती आधारभुत बिद्यालयका विद्यार्थीलाई आफ्नो १७औ वैवाहिक बर्षगाठको अवसरमा समाजसेवीद्धय उमेश चौलागाई र रिता कँडेल चौलागाईले आयतबार शैक्षिक सामग्री प्रदान गर्नुभएको हो ।

यु आर गोल्ड प्रिमियम मसला चिया र यु आर अटोमेटिक लण्ड्रिका सञ्चालकद्धय चौलागाई दम्पतीले करिव १ लाख मूल्य बराबरको शैक्षिक सामग्री विद्यार्थीलाई वितरण गर्नुभएको हो । बिद्यालयमै पुगेर चौलागाई दम्पतीले करिव १ बर्षको लागी पुग्ने कपि, कलम, पेन्सिल, ईरेजर र कटर प्रदान गर्नुभएको थियो ।
२०४९ सालमा स्थापना भएको बिद्यालयमा करिव १ सय ५० जना विद्यार्र्थी अध्ययन गर्दै आईरहेका छन् । बिद्यालयमा अध्ययनरत्त शिशुदेखि कक्षा ८ सम्मका विद्यार्थीलाई पुग्ने गरी चौलागाई दम्पतीले शैक्षिक सामाग्री प्रदान गरेको बिद्यालयका प्रधानाध्यापक बाबुराम घिमिरेले बताउनुभयो । सामाजिक क्षेत्रमा सक्रिय चौलागाई दम्पतीले बिभिन्न स्थानमा सहयोग गर्दै आएका छन् ।
बिद्यालय परिषरमा आयोजित शैक्षिक सामग्री वितरण कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडा सदस्य एवं बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष विशाल घिमिरे, बिद्यालयका प्र.अ बाबुराम घिमिरे, व्यवस्थापन समितिका सदस्यहरु मनहरी अधिकारी, हेमराज न्यौपाने, भिम प्रसाद खकुरेल, निर्मला लामा, बिना बस्नेत, यु आर ब्राण्डका म्यानेजर लोकेश वली लगायतको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु