२०८१ कार्तिक ७, बुधबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमरा नगर शिक्षक संघले बुझायो मेयरलाई ज्ञापन पत्र

२०८१ बैशाख ३०, आईतबार मा प्रकाशित ( महिना अघि) ६९२ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, ३० बैशाखः नेपाल शिक्षक संघ जीतपुरसिमरा उपमहानगरपालिकाले आइतबार नगर प्रमुख समक्ष एक ज्ञापन पत्र बुझाएको छ । नगरभित्र शिक्षाका क्षेत्रमा देखिएका समस्या समाधानका लागि शिक्षक संघको नगर कार्य समितिले ज्ञापनपत्र बुझाएको हो।
ज्ञापन पत्रमा विशेष स्रोत कक्षा चलेका स्रोत केन्द्रमा शिक्षक थप ,शिक्षक क्षमता विकासका लागि तालिम सेवा सुविधा, शिक्षक सरुवामा निश्चित मापदण्ड,तहगत प्रअ व्यवस्थापन,लगायतका बिषयमा जोडलगायतका कुरा उठान गरिएको छ । ।ज्ञापनपत्र बुझ्दै मेयर राजन पौडेलले शिक्षामा बेथितिको चाङ भएकोले यसलाई न्यूनीकरण गर्दै अघि बढ्ने धारण व्यक्त गर्नुभयो ।
उहाँले आफूले कक्षा आठको परीक्षालाई व्यवस्थित वनाउने प्रयास गर्दै गरेको शिक्षकलाई आबश्यकता हेरेर सरुवा गरेको र अब फेरि यो बर्ष पनि सरुवाको तयारीमा लागेको बताउनु भयो । प्रतिकक्षा विद्यार्थी संख्या ५० हुनुपर्नेमा विद्यार्थी संख्या न्यून रहेको केही बिद्यालय गाभिने र घटुवा गरिने मेयर पौडेलको भनाइ थियो ।
त्यसैगरी प्रअको सन्दर्भमा मेर पौडेलले यस नगरका सबै प्रअ निमित्त रहेको र आफूले तत्कालै प्रअ नियुक्ति प्रक्रिया पनि परीक्षा लिएर मात्रै गर्ने बताउनुभयो । ।
ज्ञापनपत्र बुझाउने क्रममा नेपाली काङ्ग्रेसका नगर सभापति छवि पौडेल र उपमेयरको प्रत्यासी मेघा शाहीले राजनीति प्रतिशोधका आधारमा कसैलाई काखा र पाखा गरेर शिक्षक सरुवा नगर्न, वडाले विद्यालयमा दिएको बजेट पारदर्शी बनाउन, जथाभावी विद्यालयमा शिक्षक भर्ना नगर्न मेयर पौडेललाई सचेत गराउनु भएको थियो ।
नगर शिक्षक संघका अध्यक्ष जय प्रकाश रायले ज्ञापन पत्र पढेर सुनाउनुभएको थियो । कार्यक्रममा नगर कार्यसमितिका उपाध्यक्ष मनोज पौडेल,महिला उपाध्यक्ष गुड्ढी शर्मा सल्लाहकार राजमणी बराल, नेपाल शिक्षक महासंघ तथा नगर शिक्षा समितिका प्रतिनिधि शंकर कुमार आचार्य लगायतको उपस्थिति थियोे ।

हेर्नुहोसःज्ञापन पत्र

1715529231756

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु