२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

जीतपुरसिमराका विद्यालयहरुमा जेठ २० गतेदेखि २२ गतेसम्म पोलियो रोगविरुद्धको खोप सञ्चालन हुने

२०८१ जेष्ठ १९, शनिबार मा प्रकाशित ( महिना अघि) ४२० पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, १९ जेठः बाराको जीतपुरसिमराका विभिन्न विद्यालयमा यही जेठ २० गते आइतबारदेखि २२ गतेसम्म आइ.पि.भि खोप अभियान सञ्चालन हुने भएको छ । बि.सं २०७३ बैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई लक्ष्यित गरी पालिकाभरका विद्यालयमा आइ.पि.भि खोप अभियान सञ्चालन हुने भएको हो ।

विशेषतः २०७३ बैशाखदेखि २०७५ असोजसम्ममा जन्मिएका बालबालिकाले पोलियो रोगविरुद्धको खोप खोप अभावका कारण लगाउन पाएका थिएनन् । बालबालिकालाई पोलियो रोगबाट बचाउनका लागि सरकारले यो अभियान सञ्चालन गरेको जीतपुरसिमरा उपनमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख रवि भाष्करले बताउनुभयो ।
जीतपुरसिमराका २५ ओटा स्वास्थ्य संस्था र एक सय १० ओटा विद्यालयबाट अभियान सञ्चालन हुनेछ । जसमा सरकारले उपलब्ध गराएको करिब ६ हजार ६ सय खोपबाट बालबालिका खोपित हुनेछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु