२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

जनहित उपभोक्ता समितिको १७ औं वार्षिक सभा सम्पन्न

२०८१ जेष्ठ २६, शनिबार मा प्रकाशित ( महिना अघि) ६६४ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २६ जेठः पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र जनहित उपभोक्ता समितिको १७ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममाा मधेस प्रदेश साँसद देवनारायण चौधरीले वन र वन्यजन्तु संरक्षणका लागि आफ्नो ठाउँबाट सक्दो पहल गर्ने बताउनुभयो ।

1717852657145
कार्यक्रममा जीतपुरसिमरा उपमहानगर पालिकाका उपप्रमुख भाोलाप्रसाद अधिकारीले मानव वन्यजन्तु द्वन्द्रव न्यूनीकरणका लागि स्थानीय सरकारले समन्वय गरिरहेको जिकिर गर्नुभयो ।

1717852425377
कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले तीनओटै तहका सरकार र निकुञ्जबीच सहकार्य र समन्वय हुँदा वन र वन्य जन्तुको संरक्षण, पर्यापर्यटनको वृद्धि र लक्ष्यित वर्गको आर्थिक सशक्तीकरण हुने धारणा व्यक्त गर्नुभयो ।

1717852598535
कार्यक्रममा निकुञ्जका संरक्षण अधिकृत संतोष भगत , वडा नं ३का कार्यावाहक वडाध्यक्ष माया विक , वडा नं ६ का वडा अध्यक्ष क्यामुद्दिन अन्सारी , वडा सदस्य बुद्धकुमारी अधिकारी, जनहित उपभाोक्ता समितिका संस्थापक अध्यक्ष मधुशुदन सिटौला, मुसहर्नीमाई मध्यवर्ती सामुदायिक वन समुहका कुबेर न्यौपाने ,राधाकृष्णका मध्यवर्ती सामुदायिक वन समुहका होमबहादुर रकाल, सिमरा खानेपानीका तथा तथा सरसफाई समितिका पूणर्चन्द्र तिमल्सिना, जनकल्याण मध्यवर्ती साकोसका राम सिल्वाल, सिमरा महिला साकोसका गीता शर्मा, जनजागरणका कमरुल हक अन्सारी ,तराई यातायातका मधु पौडेल , समाजसेवी रवीन्द्र , खकुरेल, मधुकर अधिकारी, लेखनाथ खतिवडालगायत समूहका अध्यक्ष, उपाध्यक्ष, सचिवको  उपस्थिति रहेको थियो ।

विरुवामा जल सिँचन गरेर उद्घाटन गरिएको साधारण सभामा अध्यक्षको प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको थियो । कार्यक्रमको संचालन नलिन्द्र बहादुर थापाले गर्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु