२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

फस्ट एसपीएस स्कुल क्रिकेट टुर्नामेन्ट सुरु

२०८१ जेष्ठ २६, शनिबार मा प्रकाशित ( महिना अघि) ४९० पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २६ जेठः फस्ट एसपीएस स्कुल क्रिकेट टुर्नामेन्ट शनिबारबाट सुरु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ४ को औराह क्रिकेट खेल मैदानमा अन्तरविद्यालय क्रिकेट टुर्नामेन्ट सुरु भएको हो ।
बालबालिकाहरुमा बढ्दै गएको क्रिकेट खेलप्रतिको मोहलाई मध्यनजर गर्दै बाराको जीतपुरसिमरामा रहेको एसपीएस विद्यालयले साताव्यापी क्रिकेट टुर्नामेन्टको आयोजना गरेको विद्यालयका प्रिन्सिपल वसन्त ढकालले बताउनुभयो । कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले खेल क्षेत्रका विकासका लागि विद्यालयतह देखि नै बालबालिकालाई स्थानीय सरकारले अघि बढाउँदै जाने बताउनुभयो ।
खेलको जीतपुर सिमराका नगर प्रमुख राजन पौडेलले बलिगं र उपप्रमुख भोलाप्रसाद अधिकारीले ब्याटिगं गरेर उद्घाटन गर्नुभएको थियो । प्रतियोगितामा आयोजक विद्यालय सहित संस्थागत विद्यालयका १० टिमको सहभागिता रहेको छ ।

1717859209882

कक्षा १० सम्मका बालबालिकाको सहभागिता रहेको खेलमा एक्स सर्भिसमेन, आर.भि.एस.एस., पाथीभारा, अक्षरा, सेन्ट अल्फोन्सास, मिशन एकेडेमी, लोटस एकेडेमी र न्यु एकता स्कुल छन् ।
प्रतियोगिता आगामी असार १ गतेसम्म चल्ने प्रतियोगितामा पहिलो र दोस्रो हुने टिमले ट्रफि, प्रमाण पत्र प्राप्त गर्ने छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु