२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

अक्षरा पाठशालाद्वारा अंग्रेजी हिज्जे प्रतियोगिताको आयोजना

२०८१ अषाढ २, शनिबार मा प्रकाशित ( महिना अघि) ४८३ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, १ असार: बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरामा रहेको अक्षरा पाठशालाले दोस्रो पटक अंग्रेजी हिज्जे प्रतियोगिताको आयोजना गरेको छ । विद्यार्थीहरुमा अंग्रेजी हिज्जे मिलाउने क्षमता अभिवृद्धिका लागि अक्षरा पाठशालाले शनिबार दोस्रोपटक स्पेलिंग बी प्रतियोगिता आयोजना गरेको हो । सिनियर स्पेलिंग बी कम्पिटिसनमा एन प्याब्सन आबद्ध ११ वटा विद्यालयका विद्यार्थीहरुले भाग लिएका थिए ।
प्रतियोगितामा सहभागी भएकामध्ये अक्षरा पाठशालाले पहिलो स्थान हासिल गरेको छ ।

1718463410022

यस्तै सिमरा पब्लिक स्कुल दोस्रो स्थान र सेन्ट जोन्स एकेडेमीले तेस्रो हासिल गरेका थिए । विजयी विद्यार्थीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । अंग्रेजी विषयका शिक्षक धनञ्जय गौतम र कृष्ण कुमार श्रेष्ठ निणर्ायक समितिमा रहनुभएको थियो ।
अक्षरा पाठशालाका प्रधानाध्यापक नरेन्द्र तामांगको सभाध्यक्षतामा भएको कार्यक्रममा एन प्याब्सनका केन्द्रीय सदस्य एवं लोटस एकेडेमीका प्रधानाध्यापक रामप्रसाद अधिकारी, एन प्याब्सन प्रदेश सदस्य बसन्त ढकाललगायतको सहभागिता रहेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु