२०८१ आश्विन २७, आईतबार
नयाँ
पछिला अपडेट

मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणसम्बन्धी एकदिने कार्यक्रम पथलैयामा सम्पन्न

२०८१ अषाढ ८, शुक्रबार मा प्रकाशित ( महिना अघि) ५३७ पाठक संख्या

 

सयपत्री समाचारदाता
सिमरा,६असार: केयर मधेशले आयोजना गरेको मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । डिभिजन वन कार्यलय सिमरा बाराको सहयोगमा आयोजित एक दिने कार्यक्रम विभिन्न विषयमा सचेतना जगाउँदै सम्पन्न भएको हो ।

1718908115477
कार्यक्रममा डिभिजन वन कार्यलयका प्रमुख विनोद सिंहले मानव र वन्यजन्तुवीच अन्योन्यास्रित सम्बन्ध रहनुपर्ने धारणाा व्यक्त गर्नुभयो । उहाँले मानव मनभित्र त द्वन्द्व भैरहन्छ भने धारणा राख्दै वाहिरी तत्वसँग त झन् द्वन्द्व हुने र यसलाई सबैले मिलेर समझदारीपूर्वक समाधान गर्नुपर्ने कुरा राख्नुभयो ।

1718908161043
यस्तै गरि पर्सा राष्ट्रिय निकुञ्जका प्र्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले वन्यजन्तु इकोसिस्टमको एउटा महत्त्वपूणर् तत्व भएकोले मानवले यसलाई शत्रु होइन मित्रको रूपमा व्यवहार गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा विभिन्न वन समूहका उपभोक्ता सदस्यहरूको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु