२०८२ जेष्ठ ९, बिहिबार
नयाँ
पछिला अपडेट

२११ औँ भानुजयन्तीको अवसरमा सिमरामा रचना वाचन कार्यक्रम

२०८१ अषाढ ३०, शनिबार मा प्रकाशित (0 महिना अघि) ४३३ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, २९ असारः २ सय ११ औँ भानुजयन्तीको अवसर पारेर सिमरामा रचना वाचन कार्यक्रमको आयोजना गरिएको छ । जेसिआई सिमरा र सिमरा साहित्य समाजको संयुक्त आयोजनामा शविार रचना वाचन कार्यक्रमको आयोजना गरिएको हो ।
जेसिआई सिमराका अध्यक्ष लक्की रिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार नवराज रिजाल, इन्द्रप्रसाद भट्टराई, विनयराज गौतम, इसाक हुसेन, भीमप्रसाद खकुरेल, रामप्रसाद अधिकारी, प्रितम वास्तोलाले रचनासहित मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा नेरामावि सिमरा, लोटस एकेडेमी, एसपीएस स्कुल, सेन्ट अल्फोन्सास, राष्ट्रिय विभूति शिक्षा सदनलगायत विद्यालयका शिक्षक तथा छात्रछात्राहरुले आआफ्ना रचना प्रस्तुत गर्नुभएको थियो ।
जेसिआई सिमराका तालिम संयोजक रञ्जित सापकोटाले सञ्चालन गर्नुभएको कार्यक्रममा जेसिआई सिमराका पूर्व अध्यक्ष शालिकराम अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु