२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

डिभिजन वन बाराद्वारा सडक किनार वृक्षारोपण तथा नर्सरीको अनुगमन

२०८१ अषाढ ३१, आईतबार मा प्रकाशित ( महिना अघि) २४० पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, ३० असारः डिभिजन वन कार्यालय बाराले सडक किनार वृक्षारोपण कार्य तथा नर्सरी क्षेत्रको अनुगमन गरेको छ । कार्यलयले आर्थिक वर्ष २०८०/०८१ मा गरिएको सडक किनार वृक्षारोपण कार्यको साथै विरुवा उत्पादन क्षेत्र नर्सरीको आइतबार अवलोकन निरीक्षण गरेको हो ।

1720960431115
बाराको सुवणर् गाउँपालिका, महागढीमाई नगरपालिका, पर्सौनी गाउँपालिका, परवानीपुर गाउँपालिकाका विभिन्न वडाहरुमा यस आर्थिक वर्षमा डिभिजन वनले सडक किनार वृक्षारोपण कार्य गरेको थियो । डिभिजन वन प्रमुख विनोद सिंहको नेतृत्वमा जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्र साह, सहायक डिभिजन वन प्रमुख जवाहरलाल कुर्मी, अधिकृत ललन राउत कुर्मीलगायत सञ्चारकर्मी र वन रक्षकहरुसहितको सहभागिता रहेको थियो ।

1720961107607
अनुगमन गरिएका क्षेत्रहरुमा सुवणर् गाउँपालिकाको वडा नं २ र ३ मा गरिएको ५ सय ७० वटा सडक किनारका विरुवा, महागढीमाई नगरपालिका वडा नं ४ को १ किलोमिटर सडककिनारमा लगाइएको विरुवा, पर्सौनी गाउँ पालिकाको १ दशमलव ७ किलोमिटरमा लगाइएको विरुवा, कलैया सब डिभिजन वन कार्यालयको विरुवा उत्पादन केन्द्र (नर्सरी), खैराँतीमाई सामुदायिक वन क्षेत्रमा निर्माण गरिएको पार्क, परवानीपुर गाउँपालिका वडा नं ३ अन्तरगतग गरिएको वृक्षारोपण, पोखरी सौन्दर्यीकरणलगायतका रहेको सहायक डिभिजन वन प्रमुख जवाहरलाल कुर्मीले जानकारी दिनुभयो ।

1720964279452

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु