२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

सिमरा जेसिसद्वारा भक्तजनलाई चिसो पानी र मोही वितरण

२०८१ श्रावण ७, सोमबार मा प्रकाशित ( महिना अघि) ३३४ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, ७ साउनः बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १ सिमरामा रहेको वाणलिंगेश्वर महादेव मन्दिरका दर्शन गर्ने भक्तजनलाई सिमरा जेसिसले चिसो पानी वितरण गरेको छ । जेसिस सप्ताहको अवसर पारेर सिमरा जेसिस पदाधिकारीहरुले सोमबार मन्दिर दर्शन गर्न आएका भक्तजनहरुलाई चिसो पानीका साथै मोही वितरण गरेका थिए ।
साउनको सोमबार विशेष गरी शिव मन्दिरमा भक्तजनको घुइँचो हुने र लामो समय लाइनमा उभिँदा उनीहरुको स्वास्थ्यमा असर पर्न सक्ने कुरालाई मध्यनजर गर्दै चिसो पानी तथा मोही वितरण गरिएको र प्राथमिक उपचार कार्यक्रमको समेत आयोजना गरिएको सिमरा जेसिसका अध्यक्ष लक्की रिमालले जानकारी दिनुभयो । जेसिस सप्ताहको सोमबार तेस्रो दिन हो ।

1721666173394

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु