२०८२ अषाढ २२, आईतबार
नयाँ
पछिला अपडेट

जेजेवाइसीद्वारा जीतपुरसिमराका ३६ सामुदायिक विद्यालयलाई खेलकुद तथा स्टेशनरी सामग्री प्रदान

२०८१ भाद्र ९, आईतबार मा प्रकाशित (0 महिना अघि) ७८८ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, ९ भदौः जेजेवाईसी बाराले जीतपुरसिमारा उपमहानगरपालिका अन्तरगतका ३६ ओटा सामुदायिक विद्यालयलाई खेलकुद सामग्री र स्टेशनरी सामग्री वितरण गरेको छ । संस्थाले विद्यालयमा गठित बाल क्लबहरूलाई सशक्त बनाउन र साप्ताहिक अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्न सहज होस् भन्ने उदेश्यले उक्त सामग्री वितरण गरेको हो ।
सामग्री वितरण कार्यक्रममा जीतपुरसिमराका उपप्रमुख भोला अधिकारी, युवा, खेलकुद तथा शिक्षा महाशाखा प्रमुख शिवजी प्रसाद, शाखाका हरिश भट्ट र कुलप्रसाद गौतमलगायत विभिन्न विद्यालयका प्रधानाध्यापक तथा बाल क्लबका सदस्यहरुको उपस्थिति रहेको थियो ।

Messenger_creation_BFC4C8E5 1AFC 4A40 A372 AB0FCF508E95
जन जागरण युवा क्लब, बाराले भि.एस ओ नेपालको सहयोगमा तथा युके एडको आर्थिक सहयोगमा सञ्चालित एक्टिभ परियोजना अन्तरगत बाराको जीतपुर सिमरा र कलैया उपमाहानगरपालिका तथा रौतहटको गौर र गढीमाई नगरपालिकाका सामुदायिक बिद्यालयहरूमा कार्यक्रम सञ्चालन गरिरहेको छ । एक्टिभ परियोजनाले सिमान्तकृत तथा अपाङ्गता भएका बालबालकिाहरुका लागि गुणस्तरीय शिक्षा र अनुशासन अनि सुशासनका क्षेत्रमा विगत तीन वर्षदेखि काम गर्दै आइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु