२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

विद्यार्थी गुणीय चक्र (एसक्यूसी)को नवौं सम्मेलन सम्पन्न

२०८१ आश्विन ४, शुक्रबार मा प्रकाशित ( महिना अघि) १८५ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा,४ असोजः विद्यार्थी गुणीय चक्र (एस. क्यू. सी. )को नवौं सम्मेलन बाराको जीतपुरसिमरा वडा नं १५ स्थित प्रोग्रेस एजुकेसन एकेडमीमा शुक्रबार सम्पन्न भएको छ। विद्यार्थीले केही महिनाअघिदेखि गरेका कार्य र अध्ययनको ्प्रतिवेदन प्रस्तुत गर्दै सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनमा बागमती प्रदेश मकवानपुरकोे र धनुषा जनकपुरको एक,एक विद्यालायसहित ११ विद्यालयका १६० जना विद्यार्थीको सहभागिता रहेको थियो । उक्त सम्मेलनमा विद्यार्थीले समस्याको पहिचान, विश्लेषण, समाधान तथा आफ्नो व्यक्तित्व विकास गर्ने प्रस्तुति दिएका थिए ।

172684298471117267521253821726843022594

सम्मेलनमा विद्यार्थीले कोलावोरेटिभ कोलाज, चित्रकला, कथा लेखन, क्वालिटि हाजिरी जवाफ, प्यानल डिस्कसन, समस्याको अध्ययन तथा समाधान लगायतका कार्यक्रममा सहभागिता रहेका बताइएको छ ।गुणीय चक्रमा सम्मिलित भई विद्यार्थीले आफूलाई सर्वगुण सम्पन्न व्यक्तिका रुपमा विकास गर्न सम्मेलन उपयोगी हुने बिश्वास लिइएको छ ।

औपचारिक कार्यक्रम
प्रोग्रेस एकेडेमीका प्रिन्सिपल शान्थराम खनालको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन मधेश विश्वविद्यालयको उपकुलपति डा. दीपक शाक्यले गर्नुभयो । जीतपुरसिमरा उपमहानगरपालिकाको उप प्रमुख भोलाप्रसाद अधिकारी, क्वेष्ट नेपालका अध्यक्ष सुरिना गुरुङ्ग, क्वेष्ट नेपालका एक्जुकेटिभ मेम्बर डा. सोन कुमार, वडा नं. १५ का वडा अध्यक्ष रामप्रसाद लामिछाने लगायत विभिन्न कलेज, विद्यालय तथा संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुलेआफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु