सयपत्री समाचारदाता
सिमरा, ३० असोजः बाराको सिमरामा बुधबारबाट लक्की इम्पेक्स सञ्चालनमा आएको छ । आफ्ना ग्राहकलाई सामान खरिद गर्न सजिलो र पायक परोस भन्ने उद्देश्यले तेस्रो शाखाको रुपमा सूर्य नेपाल प्रालिअगाडि सिमरामा इम्पेक्स सञ्चालनमा आएको हो ।
इम्पेक्सले वीरगञ्ज र कलैयापछि आफ्नो व्यवसाय विस्तार गर्न करिब ५० लाख लगानीमा टिभी, फ्रिज, वासिगंमेसिन, ए सीलगायतका विभिन्न सामग्रीहरु हेलसेल रुपमा विक्री गर्ने सञ्चालक महमद् इन्साफले बताउनुभयो । कार्यक्रमको उद्घाटन पूर्वमन्त्री तथा संघीय साँसद प्रभु साहले गर्नुभयो ।
कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग वाणिज्य सँघका अध्यक्ष मोहन शर्मा लामिछानेलगायतका व्यक्तित्व तथा व्यवसायीहरुको उपस्थिति रहेको थियो ।