२०८२ जेष्ठ ९, बिहिबार
नयाँ
पछिला अपडेट

जनकल्याण मध्यवर्ती साकोस सिमराको २२ औं वार्षिक सभा सम्पन्न

२०८१ पौष ६, शनिबार मा प्रकाशित ( महिना अघि) ३०० पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, ६ पुसः जनकल्याण मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिमराको २२ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका अन्तरगत पर्ने यस भेगकै जेठो सहकारी संस्था जनकल्याण वचत तथा ऋण सहकारी संस्था सिमराको २२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले पानसमा वत्ती बालेर उद्घाटन गर्नुभएको कार्यक्रममा संस्थाका अध्यक्ष कमला घिमिरेले अध्यक्षको प्रतिवदेन प्रस्तुत गर्नुभएको थियो । विस २०५९ सालमा स्थापित यस सहकारीले निरन्तर प्रगति गर्दै गएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । पूणर् रुपमा समुदायमा आधारित रहेर सदस्यहरुको आर्थिक तथा सामाजिक स्तर उकास्न मद्यत गरेको संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा ४१ लाख २४ हजार ६ सय ६१ रुपियाँ नाफा गर्न सफल भएको बताइएको छ ।
। कार्यक्रममा जीतपुरसिमराका नगर उपप्रमुख भोला प्रसाद अधिकारी, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ, समाजसेवी नारायणी रायमाझी, सिमरा महिला साकोसकी सचिव गीता शर्मा, हातेमालो साकोसकी उपाध्यक्ष क्षमादेवी अधिकारी, जनकल्याण साकोसका पूर्व अध्यक्ष मधुशुदन सिटौला, संस्थाका सल्लाहकार मदनबहादुर क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।

1734786026236

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु