२०८१ फागुन ५, सोमबार
नयाँ
पछिला अपडेट

स्वरोजगार लघुबित्त बित्तिय संस्थाले दियो विमा बापतको रकम

२०८१ माघ १४, सोमबार मा प्रकाशित ( हफ्ता अघि) ११५ पाठक संख्या

 

सयपत्री समाचारदाता
सिमरा, १४ माघः सुख र समृद्धिको आधार सबैको लागि स्वरोजगार भन्ने मुल मन्त्रका साथ स्थापना भएको स्वरोजगार लघुबित्त बित्तिय संस्था लिले संस्थामा आबद्ध एक व्यक्तिलाई विमा बापतको रकम उपलब्ध गराएको छ । शाखा कार्यालय पर्साको केन्द्र नं ८०१९ का सदस्य बिष्णु गुरुङका श्रीमान सोम बहादुर गुरुङको असामयिक निधन भएकोले उक्त रकम उपलब्ध गराएको हो ।
बिमा रकम बाह्र लाख रुपियाँसहित र काजकिरियाका लागि २५ हजार रुपियाँ गरी गरि जम्मा १२ लाख २५ हजार रुपियाँ उपलब्ध गराएको जनाएको छ । यसगरी शाखाको केन्द्र नम्बर ८०६९ कीे सदस्य सुनमाया स्याङ्तानका श्रीमान ठाकुर सिह तामाङको असामयिक निधन भएकोमा बिमा रकम रु तीन लाख रकम यसै शाखाका अनुगमन अधिकृत राजु ठकुरी र शाखा प्रबन्धक अस्मिता कुमारी गौतमले शाखाका अन्य कर्मचारीको रोबरमा चेक प्रदान गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु