२०८१ माघ १७, बिहिबार
नयाँ
पछिला अपडेट

सूर्य नेपालले नगर अस्पताललाई हेमोडाइलासिस मेसिन उपलब्ध गरायो, उपचार सेवा चैतभित्रै सञ्चालनमा ल्याइने

२०८१ माघ १६, बुधबार मा प्रकाशित ( घण्टा अघि) ११७ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, १६ माघः सूर्य नेपाल प्रालिले बाराको जीतपुरसिमरा नगर अस्पताललाई हेमोडाइलासिस मेसिन दिएपछि आगामी चैत महिनाभित्र विरामीले उपचार पाउने भएका छन् । उपमहानगर क्षेत्रका मृगौला रोगका विरामीहरु अन्यन्त्र धाउन नपरोस् अनि आफ्‌नै ठाउँमा उपचार सम्भव होस् भन्ने उद्देश्यले बुधबार एक कार्यक्रममा अस्पताललाई मेसिन हस्तान्तरण गरेपछि विरामीले छिट्टै उपचार सेवा प्राप्त गर्ने भएका हुन् ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सूर्य नेपाल प्रालिका कम्पनी म्यानेजर सुरेश काजी श्रेष्ठले कम्पनीले अस्पताललाई एक करोड २५ लाख मूल्य बराबरको हेमोडाइलासिस मेसिन उपलब्ध गराएको जानकारी दिनुभयो । कार्यक्रममा अस्पतालका संरक्षक एवं जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले सूर्य नेपाल प्रालिलाई धन्यवाद दिँदै अस्पताललाई एक सय शैयाको अस्पतालमा विस्तार गर्ने योजना भएकोले यसतर्फ पनि सहयोग गर्न विशेष आग्रह गर्नुभयो ।
यस्तै गरी अस्पताल प्रमुख डा. प्रकाश साहले अस्पतालबाट आगामी चैत महिना भित्रैबाट मृगौला रोगका विरामीको उपचार सेवा सञ्चालनमा ल्याउने जानकारी दिनुभयो । कार्यक्रममा जीतपुरसिमराका नगर प्रवक्ता भोजबहादुर खत्री, जनस्वास्थ्य शाखा प्रमुख रविभाष्कर, जनस्वास्थ्य अधिकृत अशोक प्रसाद जैसवाल, सूर्य नेपाल प्रालिका यज्ञबहादुर आले, अस्पतालका सल्लाहकार छवि शर्मा, शंकरकुमार आचार्य, नगरप्रमुखका सल्लाहकार भरत भण्डारी, समाजसेवी मुकुन्दबहादुर क्षेत्री, शरदप्रसाद पराजुली, रवीन्द्र खकुरेल, हरिप्रसाद थपलिया, जीतपुर सिमरा नगर उद्योग वाणिज्य सँघका अध्यक्ष मोहन शर्मा लामिछाने, पूर्व जनप्रतिनिधि जगन्नाथ घिमिरे, अस्पताल सुधार अभियन्ता नारायणप्रसाद पण्डितलगायतको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु