२०८१ माघ १७, बिहिबार
नयाँ
पछिला अपडेट

लोटस एकेडेमीको २४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

२०८१ माघ १६, बुधबार मा प्रकाशित ( घण्टा अघि) ६८ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, १६ माघः बाराको सिमरामा रहेको लोटस एकेडेमीले बुधबार विविध कार्यक्रमको आयोजना गरी विद्यालयको २४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । विद्यालयले विभिन्न विधामा उत्कृष्ट भएका छात्रछात्रालाई पुरस्कृत गर्दै र सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो ।
लोटस एकेडेमीका संस्थापक प्रिन्सिपल रामप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जीतपुर सिमरा उपमहानगरपालिका उपप्रमुख भोलाप्रसाद अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा होली एन्जल्स नीजगढका संस्थापक प्रिन्सिपल नारायणप्रसाद शर्मा, राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनका संस्थापक डाइरेक्टर श्याम प्रसाद भट्टराई, सिमरा पब्लिक इग्लिस स्कुलका प्रिन्सिपल बसन्त ढकाल, राष्ट्रिय विभूतिका प्रिन्सिपल सागर ठाडा मगर , अक्षरा पाठशालाका प्रिन्सिपल नरेन्द्र पाख्रिन, न्यू एकताका प्रिन्सिपल मदन रिजाल, ब्राइटर एकेडेमीका प्रिन्सिपल राजुकुमार कार्की, प्रोग्रेस एकेडेमी डुमरवानाका रञ्जित सापकोटालगायत विभिन्न सञ्चारकमीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका तर्फबाट सहायक प्रिन्सिपल चन्द्रबहादुर लिम्बुले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण शिक्षिकाद्वय सोनम शर्मा र अंशु अधिकारीले गर्नुभएको लोटस एकेडैमीका शिक्षक रामप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

विविध कार्यक्रम
वार्षिकोत्सवको अवसर पारेर यही माघ १२ गतेदेखि १५ गतेसम्म आयोजित खेलकुदका विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कार तथा मेडल प्रदान गरिएको थियो । यसैगरी २०८० सालको एसइइमा उत्कृष्ट जीपीए ल्याउने छात्रा, कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने छात्रालाई समेत पुरस्कृत गरिएको थियो । कार्यक्रममा संस्थामा बिस वर्षसम्म काम गरी अवकाश लिएकी शान्ति तामागलाई योगदानको कदर गर्दै सम्मन गरिएको थियो ।
उक्त खेलकुद कार्यक्रममा पूर्व प्राथमिक, प्राथमिक र माध्यमिक तहका एक सय ५० जना भन्दा बढी विद्यार्थीहरूले खेलमा सहभागिता जनाइ उत्कृष्टता हासिल गरेका थिए ।  विविध सांस्कृतिक कार्यक्रममा नर्सरी देखि कक्षा १२ सम्मका विद्यार्थीले आआफ्नो नृत्य तथा कला प्रदर्शन गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु