२०८२ पौष ६, आईतबार
नयाँ
पछिला अपडेट

लोटस एकेडेमीद्वारा मधेस प्रदेशमै पहिलो पटक खुला र्स्क्याबल टुर्नामेन्टको आयोजना

२०८१ माघ १७, बिहिबार मा प्रकाशित (0 महिना अघि) ४७७ पाठक संख्या

सयपत्री समाचारदाता
सिमरा, १७ माघः बाराको सिमरामा रहेको लोटस एकेडेमीले मधेस प्रदेशमै पहिलो पटक खुला र्स्क्याबल टुर्नामेन्टको आयोजना गरेको छ । जिल्लास्तरमा छनौट भएर एकैचोटी विद्यार्थीहरुले राष्ट्रियस्तरमा भाग लिँदै आएका थिए । लोटस एकेडेमीले देशभरि मै पहिलो पटक प्रदेशस्तरीय टुर्नामेन्टको आयोजना गरेको हो ।
बिहिबारबाट सुरु भएको टुर्नामेन्टको उदघाटन बारा क्षेत्र नं ४ क का साँसद देवनारायण चौधरीले गर्नुभएको थियो । शुक्रबारसम्म सञ्चालन हुने खेलमा मधेस प्रदेशका सिराहा, धनुषा, बारा र पर्साका विद्यार्थीहरुले सहभागिता जनाएको र्स्क्याबल खेलका संयोजक सुभाष अधिकारीले जानकारी दिनुभयो । टुर्नामेन्टमा एउटा सामुदायिक विद्यालय र १४ ओटा संस्थागत विद्यालयका छात्रछात्राले भाग लिएका छन् ।
सन् १९४८ मा अमेरिकामा सुरु भएको र्स्क्याबल खेल नेपालमा पहिलोचोटी सन् २०१५मा अंग्रेजी शब्दका लागि सुरुवात गरिएको थियो । यो खेलले विद्यार्थीमा सिकाइप्रति उत्प्रेरणा जाग्ने, शब्दभण्डारको वृद्धि हुने, खेलखेलमै सिकाइ हुने, शब्दको हिज्जे मिलाउन सिकिने हुन्छ । र्स्क्याबल खेलको नेपाली रुपान्तरण नभइसकेपनि यो कोठेपद र शब्दजालजस्ता शब्द पनि प्रयोग गर्न सकिने बताइन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबरहरु